मेस्सीलाई २१ महिना जेल सजाय

असार - २२ । कर छली गरेकाे अाराेपमा स्पेनिस एक अदालतले फुटबलर लिओनल मेस्सीलाई २१ महिना जेल सजाय सुनाइएको छ । साथै उनका बाबु जाेर्जलार्इ पनि जेल सजाय हुने भएकाे छ ।
मेस्सी र उनका बुबामाथि २००७ देखि ०९ को अवधिमा ४१ मिलियन युरो बराबरको कर छली गरेकाे अभियोग छ । उनीहरुले तस्वीरको कपिराइटबाट आएको पैसा कर छलेर बेलिज र उरुग्वेमा जम्मा गरेको अभियोगकर्ताको दाबी छ । यता मेस्सीले भने अाफू निर्दाेस रहेकाे बताएका छन् । मेस्सीले अदालतमा उपस्थित भएर यसबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।
Leion Messi
