खेल

बेल रोनाल्डोसगं नडराउने

बेल रोनाल्डोसगं नडराउने
Ronaldo Vs Bell असार - २२ । युरो २०१६ को बुधबार राति पोर्चुगल र वेल्स फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छन् । खेलको विशेषता नै विश्वकै दुई महँगा फुटबलरबीचको भिडन्त हो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र वेल्सका स्ट्राइकर गेराथ बेल वर्तमान समयकै महँगा फुटबलरमा पर्छन् । वेल्स र पोर्चुगलबीच खेल यी दुई खेलाडीमै केन्द्रित हुनेछ । युरोकपको फाइनलमा रोनाल्डो वा बेलमध्ये एक मात्र रहनेछन् । दुवै खेलाडीको उद्देश्य नै युरोपियन ताज लिएर घर फर्कनु हो । नतिजाले चालू युरोकपमा एक महँगा खेलाडीको यात्रा समाप्त हुनेछ । यसै कारण बेल र रोनाल्डो सेमिफाइनलमा उत्कृष्ट खेल पस्किन तयार छन् । लियोनको फरक मैदानमा दुवै खेलाडी फुर्तीका साथ अभ्यास गरिरहेका देखिन्थे । बेलले बेल्जियमलाई हराएपछि विपक्षी जस्तै स्टार खेलाडी भए पनि फरक नपर्ने बताएका थिए । अन्तिम दुईमा पुग्न उनी दबाबरहित रूपमा खेल्नेछन् । रोनाल्डो भने बेलभन्दा बढी नै दबाबमा रहनेछन् । वर्तमान समयकै स्टार खेलाडी ट्याग पाएका रोनाल्डोले राष्ट्रका लागि एक उपाधि पनि दिलाएका छैनन् । उनी कम्तीमा एक अन्तर्रा्ष्ट्रिय उपाधि दिलाउन चाहन्छन् । रोनाल्डो र बेलले आफ्नो क्लब रियल म्याड्रिडलाई तीन वर्ष्भित्र युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग दुईपटक दिलाएका छन् । स्पेनिस क्लब रियल म्याड्रिडले रोनाल्डो र बेललाई भित्र्याउन समग्रमा १ सय ६६ मिलियन पाउन्ड खर्चेका छन् । हनिमुन मनाउदै वेल्स अन्तर्रा्ष्ट्रिय खेलमा अनपेक्षित रूपमा उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ्दा हनिमुन मनाएको भन्ने गरिन्छ । त्यही पृष्ठभूमिमा वेल्स छ । चालू युरोकपमा वेल्स पहिलोपटक छनोट भएको राष्ट्र हो । पहिलो सहभागितामै वेल्सले ऐतिहासिक प्रदर्शन गरी सेमिफाइनल स्थान बनाइसकेको छ । वेल्सले उपाधिका साथ हनिमुन समाप्त पार्न चाहेको छ । वेल्सका प्रशिक्षक क्रिस कोलेम्यानले पोर्चुगलविरुद्धको खेल रणनीति परिवर्तन हुने बताएका छन् । उनले रोनाल्डोलाई मार्किङ नहुने स्पष्ट पारेका छन् । तर, उनले रोनाल्डोलाई एक्लै खेल परिवर्तन गर्न सक्ने खेलाडीका रूपमा विश्लेषण गर्न छुटाएनन् । उनी भन्छन ‘हामीलाई थाहा छ, रोनाल्डो उत्कृष्ट फर्ममा रहँदा खेलको नतिजा नै उल्टिन सक्छ, त्यो तथ्य मध्यनजर राखी पनि रणनीति बनाउनुपर्छ ।

Bell Bell VS Ronaldo Ronaldo Ronaldo VS Bell

विशेष