स्वास्थ्य

घ्युकुमारी ५ हजार वर्ष पुरानो औषधी, यसका ६ फाइदा यस्ता छन्

घ्युकुमारी ५ हजार वर्ष पुरानो औषधी, यसका ६ फाइदा यस्ता छन्
एलोभेरा अर्थात् घ्युकुमारी करिब २ सय ५० प्रजाति रहेका छन् । यसमध्ये केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो । मानव शरिरको विकाका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ । aloe-veraएलोभेराको जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ । यसमा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ । यसले शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी गर्छ । एलोभेरा जुस गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ । गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ । गुलाब जलमा एलोभेराको रस मिसाएर अनुहारमा लगाउनाले अनुहारमा चमकता आउँछ । एलोभेरा नियमित प्रयोग गरौं र दीर्घजीवन बाचौं । १.धुम्रपान र मद्यपान आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिरमा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ । एलोभेराको जुस नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् । २.यसको जुस दैनिक रूपमा एक गिलास पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ । ३.यसको जुसले दाँतको पहेलोपन पनि कमगर्नुका साथै दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । स्वासप्रस्वासमा हुने दुर्गन्ध समेत कम गर्छ । ४.एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ भने, यसको जुसले रगतको कमीलाई पनि कम गर्छ । ५.एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ राख्छ । यस्तै, यसले कपालमा देखिने रूखोपनलाई कम गर्छ । ६.यसको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यस्तै, मुटु रोगका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।

Aloe-Vera Bhiokumari

विशेष