दयाहाङ राईले खोले भित्री रहस्य
अहिलेका अत्यन्त ब्यस्त र सफल कलाकार हुन दयाहाङ राई । उनको अभिनय र क्षमताको प्रशंसा धेरै हुन्छ । नेपाली चलचिमा नया ट्रेन्ड भित्राएका अभिनेताले आफ्नो बारेमा केही कुरा बोलेका छन् । प्रस्तुत छ उनीसंगको कुराकानी ।
अभिनय मेरो लागी प्यासन र प्रोफेसन दुईटै हो, किनकी यो म आफैले रोजेको काम हो । मलाई आरोप लाग्ने गरेको छ आदिबासी चलचित्रमा मैले काम गरिन । तर मैले निर्वाह गरेको कबड्डी कबड्डी को क्यारेक्टरमा आदिबासी जनजातीको सही क्यारेक्टर थियो । किनभने त्यो चरित्रले अन्त्यमा आफुले मन पराएको आईमाईलाई उसको स्वतन्त्रताको ख्याल गरि छोडिदिन्छ ।
मैले आफ्नो चरित्रलाई हटाएर फिल्मको चरित्रलाई पुर्ण रुपमा निमार्ण गनै सकेको छैन । किनभने मेरो ज्ञानले त्यती नै भ्याएको छ । मैले निर्वाह गर्ने चरित्रहरु मेरो ब्याकस्टोरी हो । उनीहरुको भोगाई र सामाजिक स्थितीलाई म सधै कोट्याउने कोसिस गरिरहेको हुन्छु ।फिल्म मेकर्सहरुले मलाई टाईपकास्ट भएको हेर्न रुचाउनुहुन्छ । मैले धेरै फिल्ममा ह्युमर प्रयोग एकदम धेरै गरेको छु । चरित्रलाई स्थापित गराउनलाई ह्युमरले काम गर्छ जस्तो मलाई लाग्छ । आजभन्दा केही वर्षअघि म एक्टर हु भन्दा हास्थे । तर म एक्टर त हो । मैले जानेको सिकेको एक्टिङ नै त हो । त्यसो भए मान्छे किन हास्थे त भन्दा, म त्यती बेला स्थापित थिईन ।
म बास्तबिक जिवनको लागी नी मनोरञ्जनको चरित्र भए । मैले त्यही कुरालाई मनन गरेर रिलमा म जस्तै किनारा पारिएका चरित्रलाई ल्याउने कोशिश गरे । मान्छेहरु मलाई हेरेर हास्थे भने म भने उनीहरुले मनोरञ्जन लिउन् भन्ने लागेर मैले काम गर्न लागे । त्यसरी नै मैले नजादिदो पाराले त्यो चरित्रहरु स्थापित गरिरहेको हुन्छु । २० दिनमा मलाई ३५ वटा फिल्मको अफर आयो । मैले यसलाई चुनौतीको रुपमा लिएको छु । मैले गरेको काम के हो त, त्यो मेर्कसहरुले बुझ्नु भएको छ । तर मैले के महसरस गरे भने मेकर्सहरुले चाहीँ यसले यो क्यारेक्टर ग¥यो भने ह्युमर जन्माउछ, दर्शकलाई मनोञ्जन दिन्छ र बजारमा बिक्छ भन्ने सोच बोक्नु हुदो रहेछ । त्यसरी मेर्कसहरु बिकाउने हिसाबले लागिरहनु भएको छ ।
मलाई सच्चा कलाकार हुने की व्यावसायिक कलाकार हुने भन्ने कुराले बेलाबेलामा पिरोलिरहन्छ । म खासमा यो क्षेत्रमा त सच्चा कलाकार हुन्छु भनेर लागेका हो । तर बिस्तारै व्यावसायिक कलाकार हुदै गए । त्यो पनि स्विकार्छु । व्यावसायिक पनि कतिसम्मको हुने हो, त्यो कुरा बेग्लै हो । घरको चुल्लोमा पुगेपछि दिमागमा हान्ने यही कुराले हो । मैले मात्र नभएर सारा फिल्मकर्मीले यही कुरा बुझेका हुन्छन । राम्रो काम गर्यो भने त मास त्यतीकै आईहाल्छन नी ।
फिल्म रोज्दा येरि म पहिले त कथा कतिको न्याय संगत छ त्यो हेर्छु । म कहाँ आउने प्राय फिल्मका कथा कमजोर हुन्छन । कथामा कुन समय र कहाँको कथा भन्न खोजिएको छ भन्ने कुरा बुझ्न खोज्छु । बिडम्बना त्यस्तो पाउदिन । मैले ३ चोटी पाएको राष्ट्रिय अवार्ड मेरो काम प्रतीको सम्मान हो जस्तो लाग्छ । मैले यसलाई इज्जतसाथ लिएको छु । झन मेरो दायित्व बढेको महसुस गरेको छु । दासढुङ्गामा काम गर्नु मेरो लागी ठुलो चुनौती थियो । त्यसमा मैले ईमान्दारको साथ काम पनि गरे । त्यो प्रोजेक्ट मलाई महत्वपुर्ण लागेकाले राम्रोसंग गरे होला । त्यसपछि भने व्यावसायिक रुपमा काम गर्दै गईयो । त्यही कारण म सन्तुष्ट हुन सकिन तर दर्शकहरु सन्तुष्ट भए ।
Daya hang Rai