कपालमा तेल लगाउंदा स्मरणशक्ति बढ्ने
तेल लगाउनाले कपाल चम्किलो र बलियो हुन्छ । तेल नलगाएको कपाल टुक्रिने, झर्ने हुन्छ । कपालमा तेल लगाउँदा टाउकोको मसाज पनि हुन्छ । मसाज गर्दा टाउकोमा रहेका छिद्र खुल्ने, टाउकामा रक्तसञ्चार तीव्र हुने गर्छ । रक्तसञ्चार तीव्र हुँदा कपाल बलियो हुने र कपालको जरामा जम्मा भएका टक्सिन, अक्सिडेन्टजस्ता विकार बाहिर निस्कन्छन् । यसले कपाललाई चम्किलो, बलियो र स्वस्थ बनाउँछ ।
नुहाउनुअघि नरिवल, जैतुन, तोरी, अमला आदिका तेल लगाउने गर्नाले नुहाउँदाखेरि कपाल कम झर्छ । तोरीको तेलमा ताजा अमलाको रस मिसाएर नुहाउनुभन्दा आधा घण्टाजति अघि कपालमा लगाउनाले नुहाएपछि कपाल चम्किलो हुनुका साथै नुहाउदा कपाल कम झर्छ ।
तेलमा पाइने पोषक तत्वले कपाललाई जरैदेखि बलियो बनाउँछ । कपालमा लगाउने तेल किन्दा बास्नादार तेल छान्नु हुँदैन । बजारमा पाइने बास्नादार तेलमा अनेक थरीका केमिकल मिसाइएका हुन्छन् । तिनले कपाललाई कमजोर बनाउँछन् । नरिवल, जैतुन, बदाम, तोरी, अमला आदिको तेल कपालका लागि उत्तम मानिन्छन् ।
Hair Style