खेल

गोल्डेन बुट कसलार्इ ?

गोल्डेन बुट कसलार्इ ?
फ्रान्सका एन्टोनी ग्रिजम्यानले जारी युरोकपमा ६ गोल गरिसकेका छन । उनले लगातार उत्कृष्ट पर्दशन गर्दै आयोजक फ्रान्सलाई फाइनलको यात्रासम्म डो‍र्याएका छन । त्यसैले एन्टोनी ग्रिजम्यानले गोल्डेन बुट पाउने सम्भावना मजबुत बनाएका छन् । ६ गोल युरोकपमा  कुनै पनि खेलाडीले युरोकपको पहिलो सहभगितामा गरेको सर्वा्धिक गोल हो। उनले क्वाटरफाइनलमा आइसल्याण्डविरुद्ध पनि दुई गोल गर्दै टोलीको उद्धार गरेका थिए । Antoni Grisman सर्वाधिक गोलकर्ताको अग्रस्थानमा रहेका ग्रिजम्यानभन्दा पछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, वेल्सका ग्यारेथ बेल र स्पेनका अल्बारो मोराटा समान ३(३ गोलसहित तेस्रो स्थानमा छन् । यता गोल्डेन ग्लब्सको दाबेदारका रुपमा भने फ्रान्सका गोलरक्षक ह्युगो लोरिश तथा पोर्चुगलका गोलरक्षक रुई प्याटी्रको छन् । उनीहरु भन्दा पछि दावेदारका रुपमा जर्मनीका गोलरक्षक म्यानुएल न्युअर छन् । त्यस्तै सर्वोउत्कृष्ट खेलाडीले पाउने गोल्डेन बलको दाबेदार ग्रिजम्यान र रोनाल्डो छन् । उनीहरुसँगै यो सूचीमा फ्रान्सका डिमिट्रि प्याएट र जर्मन गोलरक्षक न्युअर छन् ।

Antoni Uro cup Uro Cup 2016

विशेष