ट्राई म्याराथनको उपाधि त्रिभुवन आर्मीलार्इ
असार - २४ । तेस्रो राष्ट्रिय ट्राई म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबको ए टोलीले जितेको छ । धादिङमा भएको ट्राई म्याराथनमा नेपाल आर्मीको ए टोलीले प्रथम स्थान हासिल गर्दा आर्मीकै टोली डि र टोली बी क्रमश दोस्रो र तेस्रो भए ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ प्रथम हुँदै रु एक लाख पुरस्कार प्राप्त ग-यो । त्यसैगरी दोस्रो र तेस्रो हुने टिमहरु क्रमशः नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टोली ‘डि’ र टोली ‘बी’ ले क्रमशः रु ७५ हजार र रु ५० हजार प्राप्त गरे ।
उक्त प्रतियोगितामा रनिङ, साईक्लिङ र -याफ्टिङ खेल समावेश गरी सञ्चालन गरिएको थियो भने प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट चार टोली, सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट एक टोली र गैर सैनिकको तर्फबाट चार टोली सहभागी थिए ।प्रतियोगिताको प्रथम चरणमा ६.८ कि.मि. दौड, दोस्रो चरणमा २६.५ कि.मि. साईक्लिङ र तेस्रो चरणमा १० किमी -याफ्टिङ गरी जम्मा दुरी ४३.३ कि.मि. रहेको थियो ।
विजेतालाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
Tirbhuban Army Club