खेल

क्रिकेटर सन्दिपलाई सानिमाकाे प्रायोजन

क्रिकेटर सन्दिपलाई  सानिमाकाे प्रायोजन
असार – २४ । सानिमा बैंकले नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई दुइ बर्षका लागि प्रायोजन गर्ने भएको छ । सानिमा बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्ने भएको छ । Shandip एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर लामिछानेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । लामिछानेले लेग ब्रेक बलिङ स्टाइलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनीले बंगलादेशमा सम्पन्न आईसीसी अण्डर १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘वल्र्ड ड्रिम टिम’ मा स्थान बनाएका थिए । प्रमुख कार्यकारी दाहालले सम्पूर्ण लामिछानेलाई प्रयोजन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

विशेष