खेल

युरोकप आफैले जित्ने रोनाल्डोको दाबी

युरोकप आफैले जित्ने रोनाल्डोको दाबी
असार - २५ । पोचुर्गलका कप्तान क्रिष्टियानो रोनाल्डोले युरोकप फुटबल २०१६ को उपाधिका आफुले जित्ने विस्वास ब्यक्त गरेका छन । Ronaldo‘फ्रान्स राम्रो टोली हो र ऊ घरेलु मैदानमा खेलिरहेको छ , उपाधिका लागि हामीभन्दा बढी लायक छ,’रोनाल्डोले भने,‘तर, मलाई विश्वास छ हामीले जित्नेछौं।’ १२ वर्षमा पछि पटक फाइनल पुगेको पोर्चुगललाई उपाधि उचाल्ने मौका छ । सन् २००४ मा भएको युरोकप फाइनलमा ग्रिससँग १–० ले पराजित हुँदै उपाधि उचाल्नबाट चुकेको थियो । ‘म सधै देशका लागि केही उपाधि जित्ने सपना देख्छु र त्यो सपना पनि छ । यो अबसर अहिले आएको छ । हामी यसलाई गुमाउन चाहन्नौं,’ रोनाल्डोले पत्रकार सम्मेलनमा भने । फ्रान्सलाई हराएर उपाधि जित्न सकिनेमा आफू विश्वस्त रहेको रोनाल्डोले बताए । उनले भने,‘मलाई विश्वास छ र यो सम्भव पनि छ । मेरा साथी र देशको पनि विश्वास छ । हामी सकारात्मक सोचका साथ मैदना उत्रिने छौं किनभने आइतबार हुने फाइनल जितेर पोर्चुगलले पहिलो पटक ठूलो उपाधि उचाल्नेछ ।’ ‘आयोजक फ्रान्स पोर्चुगलभन्दा उपाधिको दाबेदार हो । तर, लिस्वनमा भएको सन् २००४ को फाइनलमा आयोजक राष्ट्र हुँदा हुँदै व्यहोरेको हारबाट हामीले सिक्न सक्छौं,’ रोनाल्डोले भने,‘घरेलु मैदानको फाइदाले मात्रै उपाधि उचालिन्छ भन्ने ग्यारेन्टी हुन्न । ’ ‘फ्रान्स पोर्चुगलभन्दा केही बढी उपाधिको दाबेदार हो, तर मलाई विश्वास छ पोर्चुगलले जित्नेछ,’ रोनाल्डाले भने ।

Ronaldo Uro Cup 2016

विशेष