समाज

पालो आएन, भ्याइएन भन्दै सर्वोच्वमा डेड बर्षसम्म धकेलिएको बलात्कृत किशोरीको मुद्दा,

पालो आएन, भ्याइएन भन्दै सर्वोच्वमा डेड बर्षसम्म धकेलिएको बलात्कृत किशोरीको मुद्दा,

पूजा बोहोरा बैतडीकी हुन् । एसएलसी दिनका लागि सदरमुकाममा बस्दै गर्दा उनी सामूहिक बलात्कारको सिकार भइन । रगतपच्छे अवस्थामा उनको उद्दार भयो । ६ महिनाको उपचारपछि उनले जिल्ला अदालत बैतडीमा मुद्दा हालिन । दोषीलाई जिल्ला अदालतले सजाय तोक्यो । त्यसपछि पूजा सामान्य जीवनमा फर्किने प्रयास गर्न थालिन ।

एसएलसी दिइन् र विशिष्ट श्रेणीमा उत्तिर्ण भइन् । पीडकका तर्फबाट पुनरावेदन अदालतमा मुद्दा हालियो । पीडकलाई सफाइ दिइयो । त्यसपछि पुजा मानसिकरुपमा विचलित भइन । उनले यदि बलत्कार गर्ने निदोष हुन भने आफूलाई दोषीका रुपमा सजाय दिन आग्रह गर्दै तत्कालिन कानुनमन्त्री नरहरि आचार्यलाई पत्र लेखिन । सो पत्रले समाजको ध्यान खिच्यो । सरकारलाई दबाब प-यो । सरकारले पुनरावेदनको फैशलामा पुर्नविचार गर्न सर्वोच्व अदालतमा निवेदन दियो । बलत्कारको मुद्दा सरकारबादी मुद्दा हुने गर्दछ ।

पुजाको मुद्दालाई बल पु-याउन शम्भु थापा, भीमार्जुन आचार्यलगायतका चर्चित कानुन व्यवसायीसमेत बहशका लागि तयार भए । सर्वोच्वले मुद्दाको पेशी तोक्न थाल्यो । प्रत्येक महिनाको २४ वा २७ गते पुजाको मुद्दा सर्वोच्वको वेबसाइटमा देखिन्छ । तर, सधैं पालो नआएको, हेर्न बांकी रहेको भन्दै धकेलिन्छ ।

पूजालाई संरक्षण दिएकी रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसंग कुरा गर्दै कामु प्रधान्यायाधीशसंग सोधेकी छिन्, ‘बलत्कारको शिकार भएकी किशोरीको पालो नआउने तपाईको अदालतमा कस्को पालो आउंछ ?’ थापाले अदालतमा सामान्य मान्छेले पालो पनि नपाउने स्थिति रहेकाले न्याय धेरै टाढाको विषय रहेको आरोप लगाएकी छिन् । महिला प्रधानन्यायाधीश हुंदासमेत पालो नआएको भन्दै दुःख व्यक्त गरेकी उनले सो मुद्दालाई प्रथामिकतामा राखिदिन आग्रह गरेकी छिन् । उनले बलत्कारको मुद्दालाई पनि चोरी र पकेटमारको मुद्धाजस्तै हेर्ने शैलीलाई परिवर्तन गर्न कामु प्रधानन्यायाधीश सुशीला कार्कीसंग आग्रह गरेकी छिन् । संसदीय सुनुवाइको क्रममा रहेकी कार्कीलाई थापाले उठाएको मुद्धा भारी पर्न सक्ने देखिएको छ ।

दुई पूजाः एउटै चाहना फरक उद्देश्य मेनुका थापा कुनै बेला सडक बालिका थिइन् । संर्घष र लगनले उनी १५ सय भन्दा बढी महिला र बालबालिकाको आमा भइन । अविवाहित थापालाई उनकोमा आश्रितहरुले आमा भन्ने गर्दछन् । उनका सन्तान मध्ये २ छोरीको कथा बिल्कुलै फरक छ । पुजा कार्की र पुजा बोहरा दुबै बलत्कारको शिकार भएका हुन् । काभ्रेकी पुजा कार्की आफ्नै बुबा र हजुरबुबाबाट बलात्कृत भएकी थिइन । कार्कीको विषय सार्वजनिक भएसंगै उनका हजुरबुबाले आत्महत्या गरेका थिए । बुबाले १८ बर्ष कैद भोगिरहेका छन् । पुजा स्त्रीरोग विशेषज्ञ बन्न चाहन्छिन् ।

बलत्कारको प्रमाण लुकाउने गरिएकाले उनी चिकित्सक भएर यौन हिंसाका बिरुद्धमा जुध्न चाहन्छिन् । पूजा बोहोराको चाहनापनि महिला हिंसाका बिरुद्धमा अभियन्ता बन्ने छ । तर, उनी वकिल बन्न चाहन्छिन् । अदालतमा समेत मुद्धा उल्टाइएपछि उनी न्यायलयमा समेत अन्याय हुंदोरहेछ भन्ने भोगेकी पात्र हुन । उनी हिंसामा परेका महिलालाई निशुल्क न्याय दिलाउने सोचमा छिन् जसका लागि उनले कानुन पढ्ने सोच बनाएकी छिन् । अहिले बोहोरा कक्षा १२ को नतिजा पर्खेर बसेकी छिन् ।

 

Baitadhi Menuka Thapa Puja Bohora Sushila Karki

विशेष