यसरी बढाउन सकिन्छ आत्मविश्वास
रोजगारीको क्रममा सबैले अन्तरवार्ताको सामना गर्नुपर्छ । अन्तरवार्तामा रोजगारदाताले राजगारी खोज्ने व्यक्तिको आत्मविश्वासको परीक्षण गर्छ । अन्तरवार्ता दिने व्यक्ति आफैमा आन्मविश्वास छैन भने त्यसले अरूलाई विश्वास दिलाउन सक्दैन भन्ने मान्यता छ । सोहीकारण पनि हरेक कम्पनी आफ्ना कर्मचारी आत्मविश्वासी भएको हेर्न चाहन्छ । आत्माविश्वास बढाउनका लागि विभिन्न तालीम तथा वर्कशपहरू सञ्चालन हुने गर्छन् । त्यतिमात्र होइन, आत्मविश्वास बढाउन सघाउने विभिन्न पुस्तक पनि बजारमा पाइन्छन् । आफ्नो आत्मविश्वास परीक्षण गर्ने तथा बढाउने केही तरीका यस्ता छन् स्
अरूलाई विश्वास गर्नुहोस्
तपाईंको वरिपरि कस्ता मानिसहरू छन्, विचार गर्नुहोस् । तपाईंले विश्वास गर्ने मानिस कति छन्, त्यसमध्ये कति जनालाई पूर्ण विश्वास गर्न सक्नुहुन्छ रु के सबैलाई समान विश्वास गर्न सक्नुहुन्छ रु किन सबैलाई समान विश्वास गर्न सकिदैन रु किन विश्वास गर्नुहुन्छ र किन गर्नुहुन्न रु त्यस्ता विषयमा पनि अध्ययन गर्नुहोस् ।
तुलना गर्नुहोस्
विश्वास व्यवहारले जितिन्छ । तपाईंको अरूप्रतिको विश्वासबारे अध्ययन गर्नुहोस्् । विश्वास गर्नु र नगर्नुको कारण पत्ता लगाउनुहोस् । अरूको कुन व्यवहारले तपाईंको विश्वास टुटेको छ रु कतै तपाईंको व्यवहार पनि त्यस्तै त छैन रु यदि छ भने तुरुन्त छोड्नुहोस् । अरूको र आफ्नो बारेमा अध्ययन र तुलना गर्नुहोस्् ।
बोलेको पूरा गर्नुहोस्
भनिन्छ, व्यक्तित्वको पहिचान उसको बोलीबाट हुने गर्छ । उसले पाएको संस्कार र सभ्यता बोल्ने बोलीले बोकेको हुन्छ । बोल्ने, तर पूरा नगर्ने बानीले विश्वास घटाउँछ । धेरै बोल्ने बानी पनि राम्रो मानिँदैन । बोलीको पक्का बन्नुपर्छ । विचार गरेर बोल्ने र बोलेको कुरा पूरा गर्ने व्यक्तिमा आत्मविश्वास छ भन्ने बुझिन्छ । यसो गर्दा सम्मान पाइने र त्यसले आत्मविश्वास बढाउने विश्वास गरिन्छ ।
अडिग रहनुहोस्
जुन व्यक्ति आफूले गरेको वाचा पूरा गर्दैन, उसमा आत्मविश्वास पनि रहँदैन । कुनै फैसला गर्नुभयो भने त्यसमा अडिक रहन सक्नुपर्छ । तपाईंले गरेको फैसलामा ठीक छ भनेर आफूलाई यो विश्वास दिलाउन सक्नुपर्छ । यदि सक्नुभएन तपाईंमा आत्मविश्वासको कमी रहेछ भन्ने बुझिन्छ । यी कुराहरू तपाईं आफ्नै दिनचर्याबाट हेर्नुहोस् । उदाहरणका लागि– तपाईंले साथीहरूसँग योग गर्ने निर्णय गर्नुभयो । साथीहरूले शुरू गरे, तर तपाईंले गर्नुभएन भने यसले पनि तपाईंमा आत्मविश्वासको कमी भएको बुझाउँछ ।
नेतृत्व क्षमताको विकास
काम गर्दा वा समाजमा रहदा जोखीम उठाउनुपर्ने हुन्छ । कहिलेकाहीँ जोखीम लिने र त्यसलाई सजिलै पार गर्ने उपयुक्त तरीका खोज्नुहोस् । यसले आफूमा आवश्यकता पर्दा नेतृत्व लिन र टिमलाई लिड गर्न सक्ने तत्परता र क्षमताको विकास गर्छ । यो आत्मविश्वास बढाउने गतिलो माध्यम हो ।
धैर्य र विनम्रताको पालना
आत्मविश्वासलाई बढाइरहनमा विनम्रता र धैर्यताको धेरै महत्व रहन्छ । अरूको विचार र ज्ञान सही तरीकाले अँगाल्न पनि आत्मविश्वासको आवश्यकता पर्छ । आफूप्रतिको बढी विश्वास पनि घातक बन्न सक्छ । यसले आडम्बरबाट जोगाउँछ ।
हीनताबोध त्याग्नुहोस्
म सुन्दर छैन, कमजोर छु, अथवा म केही गर्न सक्दिनँ भन्ने भावना हटाउनुहोस् । शुरूमा कोही पनि परिपक्व हुँदैन । तर, म कसरी अगाडि बढ्न सक्छु भन्नेबारे सोच्नुहोस् । मेहनत गर्न नडराउनुहोस् । अरूलाई सोध्नुहोस् र सिक्नुहोस् । तर, विचार गर्नुहोस्, बिचरा नबन्नुहोस् । अरूको दया वा सहयोग मात्र खोज्ने बानीले आत्मविश्वासमा कमी ल्याउँछ ।
म सबैभन्दा भिन्न छु, मलाई मात्र सबै कुरा आउँछ भन्ने अहम्भाव पनि त्याग्नुहोस् । यसले तपाईंको कुरा काट्ने बढ्छन् र तपाईंलाई कसैले रुचाउँदैनन् । यसले एक्लो बनाउँछ । एजेन्सी
Atma Biswash
Feel Confident