स्वास्थ्य

किन घट्छ जवानीमै यौन ईच्छा

किन घट्छ जवानीमै यौन ईच्छा

Stress_sex_670_1395663525 पति पत्निको सम्बन्ध सुमधुर बनाउन यौनसम्बन्धले पनि महत्वपुर्ण भुमिका खेल्दछ । प्रगाढ सम्बन्ध भए मात्रै यौन जीवन भव्य र उत्साहजनक हुन्छ । कतिपय अवस्थामा सम्बन्ध सुमधुर हुँदा पनि यौन जीवन राम्रो भइरहेको हुँदैन । उमेरमा नै मानिसमा यौन ईच्छा घटिरहेको हुन्छ । यसका धेरै कारण छन । तीमध्ये कतिपय औषधिको नियमित सेवन पनि यौन शक्तिको क्षयका लागि कारक हुन्छन् ।

sex-feet-bed-300x195

कसरी हुन्छ यस्तो

यौनका लागि आवश्यक हर्मोन (शरीरको आवश्यकताको सन्देश दिमागसम्म पु¥याउने तत्व डोपामाइन, सरोटोनिन) र यौनांगबिच ठिक तालमेल हुन आवश्यक हुन्छ । डोपामाइनले सेक्स प्रक्रियालाई बढाउँछ र सेराटोनिनले त्यसलाई कम गर्छ । औषधिले यी हर्मोनमा गडबडी ल्याइदिन्छ जसले गर्दा यौन इच्छा घट्छ ।

sex

उच्च रक्तचापका औषधी

उच्च रक्तचापका औषधीले यौन जीवनलाई प्रभावित पार्न सक्छ । ब्लड प्रेसरका लागि प्रयोग गरिने जस्तो क्लोनिडिन, अल्फा मिथाइल डोपर, ग्वानेथिडिन आदि यौन यच्छालाई कमी ल्याइदिन सक्छन् । बिटास्पेन, अल्फाबोटा, डोपाजिट जस्ता औषधिले यौनांग उत्तेजित हुने प्रक्रियामा अवरोध सिर्जना गर्न सक्छन् । यी आौषधीले शरीरमा प्रोलकिटन नामक हर्मोन बढाएर पुरुषमा नपुंसता हुने खतरा बढ्छ ।

हर्मोन सम्बन्धि औषधी

हर्मोन सम्बन्धि औषधिले यौनजीवन प्रभावित पार्न सक्छन् । एन्टी एन्ड्रोजनस औषधि जस्तो साइप्रोटेरन र किटोकोनजाल शरीरमा टेस्टोस्टेरन हर्मोनको स्तर कम गर्न सक्छन् । जसका कारण पुरुष नपुंसकताको शिकार हुन सक्छन् । अनावश्यक थाइरक्सिन औषधिको सेवनले पनि यौनेच्छा घट्छ । एस्ट्रोजनको अत्याधिक प्रयोगले कामेच्छा र वीर्यको मात्रामा कमी ल्याउने समस्या देखिन सक्छ ।

दुखाइ कम गर्ने औषधि

दुखाइ कम गर्ने औषधिले यौनइच्छामा कमी ल्याउने संभावना हुन्छ । यौनइच्छा बढाउने औषधी पेनकिलर्स सँगै लिँदा त धेरै प्रकारका साइड इफेक्ट देखिन सक्छन् । मार्फिन र कोडिन जस्ता दुखाइ कम गर्ने औषधिले यौन इच्छा समेत कम गर्छन् ।

दमको औषधि

दमका औषधीले पनि यौन जीवनमा प्रभाव पार्न सक्छ । यस्ता औषधीमा एफीड्रिन, इरब्युटालिन आदिका सिम्पेथोमिमेटिक परिणाम पुरुषको लिंगको उत्तेजनामा ह्रास आउन सक्छ ।

अल्सरको औषधि

अल्सरको उपचारका लागि प्रयोग हुने औषधि जस्तो सिमेटिडिन, अल्टेक आदिको नियमित सेवनले यौन जीवन प्रभवित हुने संभावना हुन्छ । त्यसैगरी यौनांग उत्तेजित कम हुने संभावना पनि रहन्छ ।

एन्टीड्रिप्रेसन औषधि

लगतार एन्टिडिप्रेसनको औषधि प्रयोग गर्नुले पनि यौनइच्छामा कमी ल्याउन सक्छ । निद्राका लागि लिइने औषधि जस्तो, डायजापाम, कम्पोज आदिले पनि कामेच्छा कमजोर बनाउँछन् ।

विशेष