Technology

यस्तो आउनेछ आईफोन सेभेन र सेभेन प्लस...

यस्तो आउनेछ आईफोन सेभेन र सेभेन प्लस...

I Phone अमेरिकी कम्पनी एप्पलले नयाँ आईफोन बजारमा ल्याउने भएको छ । बहुप्रतिक्षित भनिएको आइफोन सेभेन र सेभेन प्लस आउँदो सेप्टेम्बर देखि बजारमा आउने पक्का भएको हो । मोबाइल बजारमा आफ्नो प्रभुत्व जमाउन सफल एप्पल नयाँ मोडेलको मोवाइल ल्याउने भनेर फेरी चर्चामा आइरहेको छ ।

यो चर्चा चलिरहँदा एप्पलले कस्तो मोडेलको आइफोन ल्याउला भनेर धेरै अड्कलवाजी चलिरहेको छ । केहि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मोडेलसमेत लिक भएको र यि फिचरहरु आउँछन भनेर हल्ला गरिरहेका छन् । नयाँ आउने आइफोन सेभेनमा कस्ता फिचर आउलान त, भन्ने जिज्ञासा अब सकिएको छ । किनकी यसको सम्भाबित फिचरको बारेमा बिभिन्न सञ्चार माध्यमहरुले सार्वजानिक गरेका छन ।

डिस्प्ले

आईफोन ७ मा ४ दशमलब ७ इन्चरको स्क्रिन सहित थ्रिडी डिस्प्ले हुनेछ भने आईफोन ७ प्लसको स्क्रिन ५ दशमलब ५ इन्च हुने जनाइएको छ । तर दुबै फोनमा स्किन, फोटो र भिडियोको रिजोलुसन भने थपिने सम्भावना रहेको छ ।

र्याम

आईफोन ७ मा एप्पल ए १० प्रोसेसर र २ जिबीका र्याम हुनेछ । आईफोन ७ प्लसमा भने ४ जिबी सम्मको र्याम र प्रोसेसर उही तर क्लक स्पिड बढि राखिने चर्चा परिचर्चा चलिरहेको छ ।

मेमोरी

यसै गरी मोबाइलको आन्तरिक क्षमतालाई बढाइने भएको छ । अबदेखी १६ जिबीको इन्टरनल मेमोरिलाई बढाएर न्युनत ३२ जिबी पुर्याइने र २५६ जिबी क्षमता सम्मको इन्टरनल स्टोरेज क्षमताका आईफोन समेत उपलब्ध हुने जानकारी दिइएको छ ।

क्यामेरा

आईफोन ७ मा १२ मेगापिक्सलको रियर क्यामेरा र ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा हुने र आईफोन ७ प्लसमा भने शक्तिशाली क्यामेरा समावेश हुनेछ जसमा १६ मेगापिक्सलको रियर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा हुने चर्चा चलेको छ ।

अपरेटिङ सिस्टम

आईफोन ७ मा आईओसको लेटेस्ट भर्सन आइओएस १० हुनेछ । इन्टेलिजेन्ट सजेसन दिन सक्ने समार्टर भर्चुअल किवोर्ड समावेश हुनेछ । नयाँ आईओसमा फोटोमा एपमा पनि धेरै सुधार हुने चर्चा चलेको छ।

चार्जिङ

ip

नयाँ आउन लागेको यि दुवै मोडेलका मोवाइलमा वायरलेस चार्जिङ सुविधा रहने हल्ला बाहिर आएको छ । यसका साथै आईफोन ७ मा तीब्र गतिमा हुने चार्ज (फास्ट चार्जिङ) टेक्नोलिजी आउने सम्भावन पनि रहेको छ । यसैगरी एप्पलले अब आउने कुनैपनि मोडेलका स्मार्टफोनहरु वाटरप्रुफ हुने जनाएको छ ।

I Phone 7

विशेष