खेल

रोनाल्डो महान् हुन् : क्रिस गेल

रोनाल्डो महान् हुन् : क्रिस गेल
असार – २७ । आयोजक फ्रान्सलाई फाइनलमा हराएर युरो कप २०१६ को उपाधि जितेपछि पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको चौतर्फी प्रशंसा भएको छ । आइतबार राति भएको फाइनलमा फ्रान्सलाई शून्यका विरुद्ध १ गोलले हराएर पोर्चुगलले पहिलोपटक युरो उपाधि उचालेको हो । Chris-Gayle-and-Ronaldo पोर्चुगलले युरो उपाधि उचालेपछि यसैवर्ष भारतमा भएको ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि जितेको वेस्ट इन्डिजका खेलाडी क्रिस गेलले रोनाल्डो महान खेलाडी भएको बताएका छन् । आफूले पहिले नै पोर्चुगलले उपाधि जित्ने अनुमान गरेको र त्यो अनुमान सत्य सावित भएको कुरा गेलले ट्वीटरमा लेखेका छन् । आइतबार आयोजक फ्रान्ससँग भएको उपाधि भीडन्तमा घुँडामा चोट लागेपछि रोनाल्डो पहिलो हाफ पूरा नहुँदै मैदानबाट बाहिरनु परेको थियो । उपाधि जितेपछि उनले देशका लागि आफूले कहिल्यै जित्न नसकेको उपाधि यसपटक दिलाएको बताए । ‘मैले क्लबका लागि सबैथोक दिलाएँ, तर देशका लागि दिलाउन सकेको थिइनँ’, उनले भने ।

Chris Gayle Ronaldo Uro cup

विशेष