खेल

पोर्चुगलले पायो ३ अर्ब ३४ करोड पुरस्कार, अरुले कति पाए ?

पोर्चुगलले पायो ३ अर्ब ३४ करोड पुरस्कार, अरुले कति पाए ?
असार – २७ । सोमबार विहान आयोजक फ्रान्सलाई हराउँदै पहिलो पटक युरोपियन च्याम्पियन बनेको पोर्चुगलले उपाधिसँगै ३ अर्बभन्दा बढी नेपाली रूपैयाँ पुरस्कार जितेको छ । Uro Cup Prize   युरोकपको आयोजक युरोपेली फुटबल महासंघ युइएफएले ३० करोड १० लाख युरो अर्थात ३५ अर्ब ८१ करोड ९० लाख नेपाली रूपैयाँ बराबरको पुरस्कार रकम यस वर्षको युरो कपमा पुरस्कार रकम छुट्टाएको हो । युइएफएका अनुसार हेर्नुहोस् कसले कति रकम पाए पोर्चुगल– ३ अर्ब ३४ करोड फ्रान्स– २ अर्ब ७९ करोड ६५ लाख जर्मनी– २ अर्ब २० करोड १५ लाख वेल्स– २ अर्ब १४ करोड २० लाख युरो कप विजेताले ८० लाख युरो, उपविजेताले ५० लाख युरो, सेमफाइनल पुग्ने चार टिमले ४० लाख युरो, क्वाटर फाइनलमा पुग्ने सबै ८ टिमले २५ लाख युरो, प्रिक्वाटर फाइनलमा पुग्ने सबै १६ टिमले १७ करोड ६४ लाख, समूह चरणका खेल जित्नेले १० लाख युरो, समूह चरणका खेल बराबरी गर्नेले ५ लाख युरो र हरेक तयारी खर्च सबै २४ टिमलाई ८० लाख युरो रकम दिएको छ । तयारी खर्च रकम सहभागी सबै २४ टिमले पाइसकेका छन् । यो पुरस्कार रकम सम्बन्धित देशको फुटबल संघको खातामा जानेछ । सम्बन्धित देशको फुटबल संघले नै खेलाडीलाई तलवभत्ता तथा बोनस दिनेछ । एजेन्सी

euro cup 2016 euro cup finale

विशेष