खेल

तेक्वान्दो टोली कोरिया तर्फ

तेक्वान्दो टोली कोरिया तर्फ
असार – २७ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल १०औँ विश्व तेक्वान्दो सांस्कृति प्रदर्शनीको लागि नेपाली टोली कोरिया तर्फ लागेको छ । Tekwando 2 १२ सदस्य टोलीलाई संघका अध्यक्ष शिव कोइरालाले संघको केन्द्रीय कार्यालय सानो भ-याङ्गमा एक कार्यक्रम गरी विदाइ गरे । उक्त प्रतियोगिताको नेतृत्व संघका चितवन जिल्ला अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक विकास श्रेष्ठले गर्ने भएका राष्ट्रिय तेक्वान्दो संघले जनाएको छ । प्रतियोगितामा कालोपेटी तर्फ साकार ढकाल, सिजन भण्डारी, रातो पेटी तर्फ सागर श्रेष्ठ, निलो पेटीतर्फ शशिन शर्मा, सुलभ न्यौपाने, प्रेरणा भुषाल, पहेलो पेटी तर्फ स्मृति पराजुली थापा, आयुषा गुरुङ्ग,कृपन तामाङ्ग, सबिन बस्याल र मुन्ना विक्रम खाती टिम व्यवस्थापकको भूमिकामा रहनेछन् । विदाई कार्यक्रममा संघका अध्यक्षले १०औँ विश्व तेक्वान्डो सांस्कृति प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन र प्रतियोगितामा सफलताकाे शुभकामना व्यक्त गरे । महासचिव राज कुमार कार्कीले प्रतियोगिताको नतिजा सम्मानजनक आउने विश्वास व्यक्त गर्दै टिमलाई अग्रिम शुभकामना व्यक्त गरे ।

Korea nepal Taekwondo

विशेष