खेल

रसियाली हवाई आक्रमणमा अलजजिराका पत्रकारको मृत्यु

रसियाली हवाई आक्रमणमा अलजजिराका पत्रकारको मृत्यु

असार - २८ । सिरियाको उत्तरी भागमा काम गर्दै आएका आफ्ना एक पत्रकार सोमबार रसियाली हवाई आक्रमणमा परी मृत्यु भएको अलजजिरा टेलिभिजनले बताएको छ । aljazeera-arabicपत्रकार इब्राइम अल ओमारको प्रत्यक्ष रिपोर्टिङ गर्न सिरियाको उत्तरी इदलिव इलाकामा रहेको अवस्थामा सिरियाली राष्ट्रपति बसार अल असादको सरकारलाई सहयोग पुर्याउँदै आएको रसियाली हवाई बलले गरेको आक्रमणका क्रममा मृत्यु भएको हो । ओमारसँगै उक्त आक्रमणमा पाँच जना सिरियाली नागरिकको मृत्यु भएको थियो ।

यस घटनासहित अलजजिराले सन् २०११ पछि सिरियामा सुरु भएको रक्तपातपूर्ण द्वन्द्वका क्रममा समाचार सङ्कलन गर्ने छ जना पत्रकारलाई गुमाएको छ ।

Aljazeera Siriya

विशेष