विनयले कसे एनीसगँ लगनगाँठो
नेपाली सिनेमा जगतका चर्चित अभिनेता विनय श्रेष्ठले एनी थापासगँ विवाहको लगनगाँठो कसेका छन् । यी दुइले एक वर्ष अघि नै टिकाटाला गरेका थिए । करिब तीन वर्षको लामो प्रेम सम्बन्धलाई एनी र विनयले विवाहमा परिणत गरे । यस अघि भने विनय ऋचासगँको प्रेम सम्बन्धमा थिए ।चलचित्र भिजा गर्लमा विनय र ऋचा दुबैले अभिनय गरेका थिए । चलचित्र असफल हुनुको साथै उनीहरुको प्रेम जीवन पनि असफल भयो ।
त्यसपछि ऋचाको नाम निश्चल बस्नेत र गौरव पहरीसगँ जोडिदैैँ आएको थियो । विनय हालै ‘एक पल’ शिर्षक फिल्म निमार्णमा व्यस्त छन् । रेसम फिलिलिले उनलाई अझै बढि चर्चाको शिखरमा पुर्याएको छ । सोमबार तीनकुनेस्थित एक पार्टी प्यालेसमा विनयले एनीको सिउँदोमा सिन्दूर भरे । एनी पेसाले ब्यूटि थेरापिस्ट हुन् ।
Binaya