कपालको समस्याले सताएको छ ? यसो गर्नुहोस्
नारीको गहना भनेको कपाल हो भनिन्छ । सुन्दर, चम्किलो र लामो कपालले नारीको सौन्दर्यमा जोड दिन मदत पुर्याउछ । तर जमाना बदलिसकेको छ । प्रदुषण, खानपानमा आउने बदली र दिनचर्याका कारण कपाल झर्ने, टुक्रिने र कपालको गुणस्तरमा कमी आउने जस्ता समस्या बढ्न थालेका छन् ।
हामीले अनुहारको स्याहारमा त विशेष ध्यान दिने गर्छौँ तर कपालको स्याहार कसरी गर्ने त ? कपालको पनि रेखदेखमा ध्यान पुर्याउन उक्तिकै महत्वपुर्ण छ । अन्य समयमा भन्दा गर्मीको समयमा बाहिर जाँदा प्रदुषण ,घामको किरणले कपाललाई अझ बढी असर गरिहरको हुन्छ । यस्तो अवस्थामा कपाललाई असर हुन बाट बँच्न घरैमा पनि विभिन्न उपाय अपनाउन सकिन्छ ।
कपालको सुरक्षा गर्न निम्न घरेलु उपाय गर्न सकिन्छ ।
कपालको प्रकृति अनुसारको स्याम्पु र कन्डिसनर प्रयोग गर्न सकिन्छ ।
कपालको चमक बढाउन क्याष्ट्रो ओयलमा अदुवाको रस,प्याजको रस मिसाएर कपालको जराजरामा लगाउने र तातो पानीमा तौलिया भिजाई स्टिम लिने गर्दा पनि निकै राम्रो हुन्छ ।
हप्तामा एक पटक, कपालमा चाायाँ छ भने घरैमा दहिमा आधा टुक्रा कागतीको र हरबल ,सिकाकाई, हर्रोबर्रोको धुलो मिसाएर दुई घण्टामा सम्म लगाउने र धुने गर्नले चाँया कम भएर जान्छ ।
कपालको गुणस्तर बनाई राख्न हर्वल मेहन्दी पनि निकै रामो मानिन्छ । मेहन्दीले कन्डिसनरको पनि काम गर्छ । कपालमा रङगको लागि लएउ दुई घण्टा, कन्डिसनरका लागि आधा घण्टासम्म मेहन्दीको प्याक लगाई धुने गनर्नले पनि कपाललाई गुणस्तरीय बनाउन सहयोग पुग्छ ।
तोरी र नरिवलको तेल पालैपालो हप्तामा एक पटक मालिस गर्नाले कपालको चमक रहीरहन मद्दत मिल्छ । त्यसले साइनिङ दिन्छ ।
तोरीको तेलमा अण्डा हाली फिटेर कपालमा मालिस गर्नाले कपालमा साइनिङ आउनुका साथै बलियो बनाउन सहयोग पुग्छ । यदि कपालमा चाँया छ भने त्यसमा कागतिको रस मिलाएर पनि लगाउन सकिन्छ ।
त्यसबाहेक गर्मी मौसमको समयमा बाहिर निस्कनुपरेमा स्कार्फले कपाल छोपेर हिड्न सकिन्छ । १२ बजेको मध्यान्हमा बाहिर ननिस्कने , निस्कनै परेमा कपाललाई खुला छोडनु हुदँैन ।
Hair Problem