खेल

रोनाल्डोको सिल्भर बुट अब नानीलाई

रोनाल्डोको सिल्भर बुट अब नानीलाई
असार – २८ । फुटबललाई राम्रो टिमले अघि बढाउन मदत गर्छ तर दुनियाँले मान्नैपर्ने कुरा के हो भने पोर्चुगल टिमलाई उपाधि यात्रासम्म डोर्याउने महत्वपूर्ण भूमिका निभाएका खेलाडि कप्तान क्रिस्चियानो रोनाल्डो हुन् । Nani वेल्सलाई सेमिफाइनलमा हराउँदा गोल गरेका रोनाल्डो युरोकप फुटबल २०१६ को उच्च गोलकर्ताको रुपमा दोस्रो नम्बरमा पर्न सफल भए । पहिलो नम्बरमा भने फ्रान्सका एन्टोनी ग्रिजम्यान भए र गोल्डेन बुट हात पारे । दोस्रो स्थनमा रहेका रोनाल्डोले भने सिल्भर बुट हात पारे । रोनाल्डोले हात पारेको उक्त सिल्भर बुट आफ्नो टिममेट नानीलाई उपहारस्वरुप दिएका छन् । रोनाल्डोले पाएको सिल्भर बुट आफूलाई उपहार दिएको कुरा नानलिे सामाजिक सञ्जालमार्फत खुलासा गरेका हुन् । नानीले सामाजिक सञ्जाल इन्स्टाग्राममा रोनाल्डोले पाएको सिल्भर बुट आफुले उपहारस्वरुप पाएको फोटो हाल्दै ‘रोनाल्डो तिमी कप्तान भन्दा पनि बढि छौ, उपहारस्वरुप सिल्भर बुट दिएकोमा धन्यबाद’ भनेर भनेका छन् ।

Nani Ronaldo

विशेष