आदिकवि भानुभक्त आचार्य
वि.सं. १८७१ असार २९ गते २०२ वर्षअघि तनहुँको रम्घामा जन्मनुभएका आदिकवि भानुभक्त आचार्य, नेपालको राष्ट्रिय एकतासँग आबद्ध छ । भाषिक हिसाबले मात्र होइन विश्वभरमा छरिएर रहेका नेपालीका लागि उनी एकताका पे्ररणा हुन् । संस्कृतमा रहेको रामायणलाई भानुभक्तले नेपाली भाषामा अनुवाद गरेपछि नेपाली भाषा सबै जातका नेपालीका लागि साझा भाषामा रूपान्तर हुन सजिलो भएकाले नेपालमा भानुभक्तको नाम नेपालको राष्ट्रिय एकतासँग आबद्ध भएको हो ।
रामायणलाई संस्कृत र नेपाली भाषामा यी दुई महारथि– बाल्मीकि र भानुभक्तले लेखेर नेपालको प्रतिष्ठा बढेकोमा नेपालीहरू गैरवान्वित हुन पाएका छौँ । ‘चपला अवलाहरू एक सुरमा, गुनकेसरिको फूल ली शिरमा । रिस राग कपट् छल छैन जाहाँ, तव धर्म कति छ कति छ याहाँ । पशुका पति छन् रखवारि गरी, शिवकी पुरी कान्तिपुरी नगरी । ’ कविता नेपाली जनमा अझै पनि रहि रहने छ । भानुभक्तको जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइदैंछ ।
Bhanu Bhakta Acharya