मनोरञ्जन

वीर विक्रमको रिलिज डेट सर्यो

वीर विक्रमको रिलिज डेट सर्यो

bir

दयाहाङ राई अभिनित वीर विक्रम प्रि–पोन्ड अर्थात पूवनिर्धारित मिति भन्दा एक दिन अघि रिलिज हुने भएको छ । मिलन चाम्स निर्देशित सिनेमा भदौ २ गते रिलिज हुनेछ ।जनैपूर्णिमाको बिदाको दिन विहिबार फिल्म लाग्दैछ । सोही मिति अर्को फिल्म चपली हाइट समेत रिलिज हुनेछ । यस अघि वीर विक्रम रिलिज शुक्रवार राखिएको थियो ।

दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दीया पुन अभिनित सिनेमालाई चाम्सले नै निर्माण गरेका हुन् । हङकङ, अस्ट्रेलिया र लन्डनपछि वीर विक्रम नेपाल रिलिज हुन लागेको हो ।

Bir Bikam Nepali King

विशेष