खेल

ओरालो लाग्दो नेपाली फुटबलको स्तर

ओरालो लाग्दो नेपाली फुटबलको स्तर
असार - ३० । फिफा बरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ८८ औं स्थानमा पुगेको हो । Fifa World Ranking दक्षिण एसियामा भने नेपाल पांचौ स्थानमा छ । १ सय ५० औं स्थानमा रहंदै अफगानिस्तान दक्षिण एसियामा पहिलो स्थानमा छ । त्यसतै, भारत १ सय ५२ औ, माल्दिभ्स १ सय ७४ औं र बंगलादेश १ सय ८३ औं स्थानमा छन् । त्यस्तै भुटान १ सय ९२ औं, श्रीलंका १ सय ९३ औं र पाकिस्तान १ सय ९४ औं स्थानमा छन् । बरियताको पहिलो नम्बरमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा बेल्जियम रहेको छ । गत महिनाभन्दा १५ स्थान माथि उक्लदै वेल्स वरियताको ११ औ स्थानमा पुगेको छ ।

Fifa Nepal Ranking

विशेष