आयो साउनको लहर, महिलाहरुको विशेष महिना
साउनमा महिना नारीहरुको लागि विशेष रहने गर्दछ । यो महिनालाई हरियो रंगको पर्यायवाची मानिन्छ । रातो, पहेँलो र हरियो रङ यो महिनामा विशेष मानिन्छ । उहि रंगको चुरा, पोते, पहिरल र हातमा मेहेन्दिमा सजिन चाहँने नारीहरुको सोह्र श्रंगार गर्ने तरिकाको बारेमा हामीले यो सामाग्री तयार पारेका हौँ ।
साउनमा महिलाहरु दुलहीझैँ सजिएर हिड्न चाहन्छन् । अझ व्रत बसेको दिन त उनीहरुको पहिरन र मेकअपको बयान गरेरै सकिदैन । अरु समयमा मेकअप गर्दा रंग संयोजनाका सयौँ विकल्प हुन्छन्, तर साउन महिनाको सृंगारमा त्यस्ता विकल्प पन्छाएर हरियो, रातो र पहेँलो रंगले विशेष प्राथामिकता पाउँछन् । हरियो रंग प्रेम र वातावरणको प्रतिक हो भने रातो सौभाग्यको र पहेँलो पवित्रताको प्रतिक हो । मेकअप कसरी गर्ने ?
फेसवास गर्नाले अनुहार सफा देखिन्छ । फेसवास गरेपछि टोनर लगाउने । टोनर लगाएपछि छालाको टेक्सचर अनुसार मोस्चराइजर लगाउने । त्यसपछि फाउन्डेसन अनि लुज पाउडर वा प्यानस्टिक प्रयोग गर्ने । लामो समय मेक अप टिकाउन प्यालेट प्रयोग गर्न सकिन्छ ।त्यसपछि रंगीन मेक अप सुरु गर्ने । रंगीन मेक अप आखाँबाट सुरु हुन्छ । गालामा ब्रसर लगाएपछि अन्त्यमा ओठको मेकअप गर्ने । आखाँको मेकअप गाढा छ भने ओठको मेकअप हल्का गर्ने । ओठको मेकअप गाढा भए आखाँको हल्का गर्ने । कस्मेटिम प्रडक्टहरुमा गाजल, आइस्याडो, पाउडर, लिपिस्टिक, मस्कारा, तथा ब्रसर प्रयोग गर्न सकिन्छ । अविवाहितहरुले मेकअप रातोभन्दा गुलाफी वा सुनौलो रंग प्रयोग गर्न सकिन्छ ।
Srawan