कृषि व्ययवसायी, मोडल, अभिनेत्रीदेखि लेखिकासम्म, विनिताले निकालिन् ‘जुइनो’
नेपाली सिनेमा जगतकी चर्चित अभिनेत्री तथा मोडल विनिता बरालको किताब ‘जुइनो’ प्रकाशित भएको छ । अभिनेत्रीबाट लेखक भएकी बिनिताको ‘जुइनो’ पहिलो किताब हो । पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको हो । पुस्तक विमनचन नायिका ऋचा शर्मा र लेखिका बरालले संयुक्त रुपमा गरे । नेपाली चलचित्र ‘चपली हाइट’ बाट रातारात मिडियामा छाएकी विनिता त्यसपछि एकाएक फिल्म लाइनबाट हराइन् । हालै उनी अमेरिकााको हरजिङ विश्वविद्यालयमा स्नाकोत्तर गर्दै आएकी छिन् । बराल पुस्तक विमोचनको लागि नेपाल आएकी हुन् । विमोचनपछि पुस्तकको बारेमा कुराकानिको क्रममा फिल्म, मोडलिंग र कृषि क्षेत्रमा काम गरेको मान्छे कसरी लेखिका बन्न मन लाग्यो भन्ने प्रश्नमा विनिताले कृषि व्यवसायमा लागेपछि युवाहरुलाई कृषिमा आकर्षण गराउनुपर्छ भनेर लेख्ने इच्छा भएको तर पुस्तक कृषिको पृष्ठभूमिमा पुग्छ भनेर आफूले नसोचेको बताइन् ।
कृषि व्यवसायको वातावरणलाई लेखनमा उतारेर लेखिएको उक्त उपन्यासमा धानको बिउ छर्दादेखि लिएर धान फलेर काट्नेबेलासम्म उपन्यासका प्रमुख पात्र कथा र अशोकबीचको प्रेमलाई विनिताले उपन्यासमा रुपान्तरण गरेकी छिन् । उक्त पुस्तक धेरै नेपालीले कृषिकोबारेमा जान्न सकिने नायिका ऋचा शर्माले बताइन् । पुस्तकमा मुख्य पात्रको नाम कथा किन राखेको भन्ने प्रश्नमा विनिताले आफूले पछि छोरीको नाम पनि कथा राख्न मन लागेकाले उपन्यासको प्रमुख पात्रको नाम पनि कथा राखेको बताइन् ।
आम दर्शकले जान्नुपर्ने कुरा बताउँदा कसैको पनि एउटा करियरलाई लिएर अर्को करियरको जज गर्न नहुने नायिका ऋचाले बताइन । उनले यो पनि थपिन् नायिकाले किताब लेखेका भन्दा धेरैले नाक खुम्चाउने गर्दछन् । किताब कुन लेभलमा लेखिएको छ र बिनिता कति कुशल लेखिका हुन् भन्ने कुरा जुइनो पढेपछि थाहा पाउनुहुन्छ भनेर ऋचाले प्रतिकृया दिइन् ।
Binita Baral Juino