प्रेमीसगँ झगडा परेपछि आत्महत्याको सिकार बनिन् एक मोडल
आजको समय लभ र ब्रेक अपमा खुब आधारित भएका छ । लभ परेर ब्रेक अप हुने त सामान्य कुरा भएको छ । तर कतिपय सन्दर्भमा आत्महतया र हिंसाले पनि ठाउँ लिने गरेका छन् । त्यस्तै मुम्बइमा एक मोडलले प्रेमिकासगँको झगडा पछि पासो लगाएर आत्महत्या गरेकी छिन् । उनी प्रेमीसगँ लिभिङ टुगेदरको रिलेसनमा थिइन् ।
उक्त घटना बुधबार राती १२ः३० बजेतिरको आसपासमा भएको बताइएको छ । घटना पछि पोस्टमाटमको लागि लासलाई कुपर अस्पताल पठाइएको छ । २५ वर्षिय कर्मजीत कौर उर्फ नेहा नयाँ दिल्लीबाट आएर मुम्बइमा संघर्षरत थिइन । सपनाले मूर्तरुप नलिदैँ उनीले मुम्बाइमै आत्महत्या गरिन् ।
जुन केटासगँ उनी मुम्बाइमा लिभिङ रिलेसनमा थिइन् त्यहि केटासगँ झगडा हुँदा उनीले आतमहत्या गरेको बताइएको छ । प्रहरीको अनुसार नेहाको सन् २०१२मा विवाह भएको थियो । जुन विवाह दुई महिनामै डिभोर्समा परिणत भएको थियो । यस लगत्तै दिल्लीमा निज काम गरेपछि ६ महिना पहिले उनी मुम्बाइ आएर मोडलिङमा संघर्ष गरिरहेकी थिइन् ।
एक पार्टीमा उनका देवराजसगँ भेट भएको थियो । त्यसपछि उनीहरु दुबै चार बंगला इलाकामा एक फ्ल्याट किनेर सगँै बस्न थालेका थिए । देवराज फिल्ममा पनि काम गर्छन् र आर्ट डाइरेक्टर पनि हुन् । उनले केहि फिल्ममा अभिनय समेत गरिसकेका छन् ।
Model Suicide