राशिफल

साउन महिनाकाे राशिफल कस्ताे तपार्इंकाेे ?

साउन महिनाकाे राशिफल कस्ताे तपार्इंकाेे ?
२०७३ - साउन
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिवारजनको निष्क्रियताले अलि खिन्न भइनेछ। काममा ढिलासुस्ती र सरकारी निकायबाट कडिकडाउको सिकार भइएला। फसेको धन उठाउन कडारूपमा प्रस्तुत हुनुपर्ला। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। कृषि तथा पशुपालनमा सामान्य फाइदा हुनेछ। अरूको समस्या सुल्झाउन खोज्दा आफैं समस्यामा परिएला। तापनि, आफन्त एवं शुभचिन्तकहरूले साथ दिनेछन् भने एकसाथ अनेक कार्यको थालनी हुन सक्छ। प्रारम्भमा कृषि तथा घरेलु उद्योग तथा महिनाको उत्तरार्द्धमा अध्ययन र व्यवसाय क्षेत्र बढी फलदायी हुनेछन्। समाजमा कीर्ति बढ्ने काम सम्पादन गर्न सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअवसर खोज्नेहरूका लागि यो महिना निकै लाभदायक रहनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने शत्रु र रोगबाट छुटकारा मिल्नेछ। लामो समयदेखि रोकिएका काम सम्पादन होलान्। काम देखाएरै अरूलाई प्रभावित पार्न सकिनेछ। मानसम्मान समेत प्राप्त हुने समय छ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिएला। हिम्मतले फाइदा उठाउन सकिनेछ भने घरमा सुख–समृद्धि बढ्ने योग छ। दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ। सामाजिक प्रतिष्ठा जोगाइराख्न आफ्ना योजना गोप्य राख्नुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiटाउको र आँखाको समस्याले दुःख दिन सक्छ। काममा पनि केही चुनौती देखापर्ला। धनमाल हराउने वा स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना छ। अवसरको खोजीमा दौडधुप गर्नुपरे पनि आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ। प्रयत्न गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुनेछन्। शत्रुलाई वशमा ल्याउन सकिने उपाय जुट्नेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ भने मनग्य धन तथा बहुमूल्य धातु संग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनुका साथै संगीत तथा अभिव्यक्तिकलामा पनि निखारता आउन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerउच्च रक्तचाप, टाउको दुखाइ वा मौसमी रुघाखोकीले सताउन सक्छ। समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। सानो कमजोरीले क्षेत्राधिकार संकुचित बन्न सक्छ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने सम्भावना छ। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट विशेष फाइदा पुग्नेछ। विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ उठाउन सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला। कतिपय काममा गरिएको प्रयत्न व्यर्थ हुनेछ। अनावश्यक दौडधुपमा समय बित्नेछ। यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुहोला। काममा ढिलासुस्ती र सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्। वादविवाद र झैझगडाबाट टाढै बस्ने चेष्टा गर्नुहोला। महिनाभरि विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन्। संगीत, कला आदि प्रतिभाको उचित कदर हुनेछ। लगनशीलताले सामाजिक प्रतिष्ठा दिलाउनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविभिन्न अवसरले पछ्याउनेछन्। आकस्मिक लाभ हुनेछ। उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। आयआर्जनका स्रोतसमेत बढ्नेछन्। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। कृषि, पशुधनबाट पनि मनग्य लाभ मिल्नेछ। भोगविलासमा मन रमाउनेछ। उच्च महत्वाकांक्षाले केही हानि हुन सक्छ, सचेत रहनुहोला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमेहनतले विशेष अवसर दिलाउनुका साथै जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। कीर्तिमानी काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। मानसम्मान प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ। खर्च लागे पनि भविष्यका लागि दिगो काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। भौतिक साधन समेत जुटाउन सकिनेछ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। हातमा आएका केही अवसर गुम्न सक्छन् र अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। नियमविपरीत बलजफ्ती गर्नाले काम बिग्रन सक्छ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान दिनुहोला। ईर्ष्या गर्नेहरूलाई पुरुषार्थी कामले वशमा ल्याउन सकिनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। आयमूलक काममा मन्दी आउन सक्छ। आफ्ना साधनमाथि अरूले अधिकार जमाउन सक्छन्। काममा अनायासै बाधा वा हस्तक्षेप हुने देखिन्छ। खराब व्यक्तिको विश्वासमा पर्नाले धोका पाइएला। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। केही जरिवानामा परिने सम्भावना छ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा खुसीका तरंगहरू संकुचित बन्नेछन्। व्यवसायमा सोचेको प्रगति नहोला। आर्थिक अभावले पनि सताउन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रयत्न गर्दा चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। सरकारी कामकाजमा विलम्ब हुनेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ। घरखर्च बढ्नुका साथै व्यापारमा पनि केही मन्दी आउला। जीवनसाथीको स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रयत्न गर्दा महिनाको तेस्रो साताबाट स्थितिमा सुधार आउनेछ। सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। शुभचिन्तकहरूको हौसलाले चुनौतीका पहाड चिर्ने हिम्मत जाग्नेछ। आस मारेको कामले पनि उत्साह जगाउनेछ। व्यापार–व्यवसायमा लगानी बढाउन सकिनेछ। रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला, फाइदा हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। नयाँ उद्योग वा विशेष काम प्रारम्भ गर्ने मौका छ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। पारिवारिक असमझदारीले केही समस्या निम्त्याउन सक्छ। प्रतिस्पर्धीहरूले आफ्ना काममा अधिकार जमाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesकेही चुनौती देखिए पनि महिनाको सुरुवात लाभदायक रहनेछ। भौतिक साधन जुट्नाले काममा फाइदै हुनेछ। हिम्मतले काम लिन सकिनेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा भने विवाद आउन सक्छ। पेटको गडबडीले स्वास्थ्यमा पनि कमजोरी देखा पर्नेछ। आत्मीय सम्बन्ध फटाउनेहरू सक्रिय हुनेछन्। व्यवसायमा अलि मन्दी आउने देखिन्छ। परिवारजनमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई भने फाइदा हुनेछ। सन्तानको बारेमा केही चिन्ता बढ्ने ग्रहयोग छ। महिनाको उत्तरार्द्धमा आफन्तबाट टाढिने परिस्थिति आउला।
 नेपाली पात्राेबाट साभार

Rashifal

विशेष