मनोरञ्जन

लाग्यो साउन, विवाहिता र अविवाहिताले कस्तो लुगा लगाउने ?

लाग्यो साउन, विवाहिता र अविवाहिताले कस्तो लुगा लगाउने ?
sadi साउनको महिनालाई हरियोको महिना भनिन्छ । यो महिनामा हिन्दू नारीहरुले हरियो शृंगार गर्दछन् । साउन महिनामा विवाहित तथा अविवाहित महिलाले कस्तो लुगा लगाउने चासोको विषय बन्दछ । अविवाहितले कस्तो लुगा लगाउने अविवाहितलाई साउनमा कुर्ता सलवार र कुर्ती नै राम्रो हुन्छ । हरियो, रातो र पहेँलो कलर कम्बिनेशन भएको रोज्नुपर्छ । अहिले लेहेंगा र वान पिस लगाएर मन्दिर जाने चलन पनि बढ्दो छ । लेहेंगा सादा नै राम्रो हुन्छ । वानपेपिस पनि एउटै कलरको बनाउन सकिन्छ । राजस्थानी कपडाको वानपिस कलर मिलाएर बनाउन सकिन्छ । यसमा पनि तीनवटा कलरचाही खेल्नुपर्छ । ठूलो फेरो भएको कुर्तीमा सामान्य लेगिन्ज लगाउदा पनि अविवाहितलाई राम्रो देखिन्छ । कुर्ती र वान पिस बनाउदा कम्मर र नेकलाइन मिलाउँदा विशेष ध्यान दिनुपर्छ । यी ड्रेसअप विभिन्न डिजाईनमा तयार पार्न सकिन्छ । अगाडि छोटो, पछाडी लामो अम्ब्रेला स्ट्रेट डिजाईनमा बनाउन सकिन्छ । विवाहिताले कस्तो लगाउने विवाहिता महिलालाई साउन महिनामा मन्दिर तथा विशेष समाहरोमा जाँदा रातो वा पहेलो बोर्डर भएको पुरै हरियो सादा सारी लाउनु राम्रो हुन्छ । यस्तो सारीको ब्लाउज भने बुट्टेदार म्याच गराउनुपर्छ । अहिले बजारमा विभिन्न कलर कम्बिनेशन गराईएका रेडिमेड सारी पनि आएका छन । हरियो, रातो र पहेँलो कलर फरक–फरक ठाउँमा राखेर बनाइएको सारीको राम्रो कम्बिनेशन बन्छ । दैनिक कामकाजीदेखि विशेष समाहरोहमा उपस्थित हुँदासम्म पनि कुर्ता सलवार वा कुर्ती राम्रो ड्रेसअप हो । साउनमा पुरै हरियो कलरको कुर्ता सलवार पनि राम्रो देखिन्छ । गोल्डेन वा रेड बोर्डर राखिएको हरियो कुर्ती निकै आर्कषक देखिन्छ । मन्दिर जाँदा यो ड्रेसअप राम्रो हुन्छ ।

hariyo mahina Saon

विशेष