
असार - १ । बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्राे अभ्यास खेलमा पनि जीत निकालेको छ ।
नेपाली राष्ट्रिय टोलीले स्थानिय क्रिकेट कन्फ्रेन्स क्लबलाई ४ विकेटले हराएको हो । जितका लागि पाएको २ सय २७ रनको लक्ष्य नेपालले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६७ रनको योगदान दिए । ओपनर अनिल मण्डलले ४३, ज्ञानेन्ऽ मल्लले ३६, शरद भेशवाकरले १९, विनोद भण्डारीले ६ र सागर पुनले ४ रन बनाए । राजु रिजाल १७ र राजेश पुलामी १६ रनमा अविजित रहे ।
Nepali Cricket
Nepali Cricket CTeam
Nepali cricket team
Nepali Cricket Team in uk