खेल

क्रिकेटर सन्दीप लामिछाने इङ्ल्यान्डबाट खेल्ने

क्रिकेटर सन्दीप लामिछाने इङ्ल्यान्डबाट खेल्ने
Sandipअसार – १ नेपाली युवा सनसनी खेलाडी सन्दीप लामिछानेले इङ्ल्यान्डमै खेल्ने अवसर पाएका छन् । इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालबाट आफ्नो प्रभाव देखाएपछि लेग स्पिनर सन्दीपले शनिबार स्थानीय टोलबाट खेल्न लागेका हुन् । नेपालले बिहीबार इन्डियन जिमखाना क्रिकेट क्बलविरुद्धको ट्वान्टी(२० खेलेको थियो । त्यही जिमखानाबाट शनिबार ओल्ड एक्टनविरुद्व उनीहरुकै मैदानमा खेल्न लागेका हुन् । जिमखानाको तेस्रो टिमबाट सन्दीपले मिडलसेक्सको लिग म्याच खेल्न लागेका हुन् । शनिबार नेपालको अभ्यास मात्र छ । लगातार तीन खेल खेलिसकेको अवस्थामा नेपालले अभ्यास खेल खेल्ने सम्भावना कम रहेको र सन्दीपलाई म्याच एक्सपोजरको आवश्यक्ता पनि भएकाले जिमखानाबाट खेल्न दिइएको नेपालका परामर्श प्रशिक्षक पुबुदु दासानायकेले बताए । सन्दीपले जिमखानासँगको खेलमा २ ओभर बलिङ गरे पनि कुनै विकेट लिएका थिएनन् । ‘हामीलाई उनी प्रतिभावन खेलाडी हुन भन्ने लाग्यो, त्यसैले हामीले उनलाई जिमखानाबाट खेल्न आमन्त्रण गरेका छौं,’ जिमखानाका प्रशिक्षक अनिल धान्डले बताए । हाल चलिरहेको लिगमा सन्दीपलाई जिमखानाको पहिलो २ टिमबाट खेलाउन नमिल्लने भएकाले तेस्रो टिमबाट अवसर दिइएको बताए । उनका अनुसार त्यहाको लिगमा खेल्न खेलाडी दर्ता हुनुपर्छ र विदेशी खेलाडीका लागि छुट्टै प्रक्रियाबाट आउनु पर्छ । सन्दीपले आफुलाई प्रमाणित गरेमा अर्को वर्षलाई थप अवसर रहने धान्डले बताए । सन् १९१६ मा स्थापना भएको इन्डियन जिमखाना क्रिकेट क्लब अहिले शत वार्षीकी मनाइरहेको छ । सोही क्रममा नेपाली टिमसँग खेलेको पनि हो । जिमखाना मैदानमै फ्रि फोरेस्टर क्रिकेट क्लबसँग भएको पहिलो खेलमा सन्दीपले ५.१ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिएका थिए । एक वर्ष अघिमात्र राष्ट्रिय क्रिकेटमा आएका सन्दीपले नेपाली क्रिकेटमा ठुलो प्रभाव पारेका छन् । पहिलो अन्तराष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा सन्दीपले जनवरी–फेब्रुअरीमा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकपमा उनले १४ विकेट लिएका थिए र प्रतियोगितामा सर्वा्धिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा थिए । उनले आयरल्यान्डसँगको खेलमा ह्याट्रिक गरेका थिए । वैशाखमा सन्दीपले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्व कीर्तिपुरमा खेलेका थिए । अस्ट्रेलियाका विश्वकप विजेता कप्तान माइकल क्लार्कको निमन्त्रणामा सन्दीप सेप्टेम्बरमा अस्ट्रेलिया जाने कार्यक्रम छ । उनले त्यहाँ माइकल क्लार्क एकेडेमीबाट खेल्ने छन् । दुई महिना अघि हङकङमा क्लब क्रिकेट खेल्न जाँदा क्लार्क र सन्दीपले एकै टिमबाट खेलेका थिए । त्यसपछि क्लार्कले सन्दीपलाई अस्ट्रेलियामा बोलाएका हुन् ।

sandip lamichhane

विशेष