मनोरञ्जन

गुगलमा सार्वधिक बढि खाेजिने सलमान

गुगलमा सार्वधिक बढि खाेजिने सलमान
salman khan असार – ३१ । बलिउड अभिनेता सलमान खानले विगत दश वर्षदेखि आफ्नो चर्चालाई झुक्न दिएका छैनन् । विवाद, स्टारडम र रेकर्ड ब्रेकका कारण सलमान गुगलमा सार्वधिक बढि खाजिने र चासो दिइने भारतीय सेलिब्रेटि बन्न सफल भएको सर्वोक्षणकर्ता बताउँछन् । सलमान खानलाई मन नपराउने मानिस कमै मात्रामा होलान् । त्यसो त उनको फ्ल्प फिल्मले पनि बक्स अफिसमा एक करोडको हाराहारी कमाईदिन्छ । कति दर्शकलाई त सलमानको फिल्मको कथावस्तु जस्तो भएपनि मतलव हुँदैन मात्र सलमानलाई स्क्रीनमा देख्न पाए पुग्छ । एकपछि अर्को गर्दै बक्स अफिसमा नयाँ नयाँ रेकर्ड राख्न माहिर सलमानलाई हालै एक सर्वेक्षणले गुगलमा सार्वधिक खोजिने भारतीयको सूचिमा एक नम्बरमा राखेको हो । खोजि गरिने दश भारतीय सेलिब्रेटिमा त्यसपछि हृतिक रोशन, शाहिद कपूर, रणवीर कपूर, आमिर खान र इमरान हासमी परेका छन् । सलमान जति आफ्नो स्टारडमका कारण उच्च स्थानमा छन् उती नै उनी नराम्रो छवि भएको ब्याड बोइको रुपमा पनि अगाडि छन् । कालो हरिणको अवैध शिकार र ‘हिट एन्ड रन केस’का कारण उनी निकै बदनामी पनि भएका छन् । त्यसो त आफ्नो छविलाई सुधार्ने अभियानमा लागेका सलमानले सामाजिक सहयोगका लागि ‘बिइङ ह्युमन’ नामक परोपकारी संस्था पनि संचालनमा ल्याएका छन् । सलमान उमेरले पचास लागिसके तैपनि अविवाति छन् । बेलाबेलामा लभ, ब्रेक अप, विवाह, र नयाँ सम्बन्धका झगडालाई लिएर उनी बढि मिडियामा छाउने गर्दछन् । उनका राम्रो र नराम्रो दुबै विवादहरुले गर्दा उनलाई गुगलमा सार्वधिक बढि खोजिएको अनुमान गर्न सकिन्छ ।

salman khan

विशेष