मनोरञ्जन

मायाले एक अर्कालाई ‘हेलो’ भनेर बोलाउँछौ

मायाले एक अर्कालाई ‘हेलो’ भनेर बोलाउँछौ

एमााले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र बिन्दा घिमिरेको विवाह २०५१ साल जेठ २१ गते भयो । उनीहरुको लागि विवाह प्रेम र मागी दुवै रह्यो किनभने उनहिरुले एक अर्कालाई मन पराउने भएपछि घरबाटै नौमति बाजा बजाएर बिहे भएको हो ।

एकै गाउँका उनीहरुले गाउँमै हुँदा एक अर्कालाई देखेका थिए । तर भेट भने काठमाडौँ आएर भयो । बिन्दाका दाइ तारा घिमिरे पनि एमालेको राजनीतिमा भएकाले उनीहरुको चिनाजाना रहेछ । एसएलसीपछि जव, बिन्दा नर्सिङ पढ्न काठमाडौँ आइन् उनी सुरुका दिनमा दाजुसगैँ बसिन् । त्यहिँ बस्ने क्रममा उनीहरु दुईको भेट भएको थियो । योगेश त्यतिबेला विद्यार्थी राजनीतिमा थिए । बिन्दा पनि क्याम्पसको प्रारभिम्क कमिटिमा थिइन् । कहिलेकाहीँ जिल्लावासीहरुको पिकनिक, देउसीभैलो जस्ता कायैक्रममा पनि यी दुईको भेट हुने गथ्र्यो ।

बिन्दाले नर्सिङ सकेर कान्ति बाल अस्पतालमा काम सुरु गरिसकेकी थिइन् । कहिलेकाहीँ योगेश असपतालमै भेट्न पुग्थे । एकजना साथी रामनाथ ढकालमार्फत योगशले बिन्दालाई प्रेम प्रस्ताव पठाएका थिए । अचानक यसरी प्रस्ताव आएपछि बिन्दाको आश्चार्यचकित भइन् । दिमागमा केहि कुरा नचलेपछि उनले योगेशलाई आफूलाई यसबारे केहि ठोस निर्णय लिन नसकेकाले घरमा कुरा गर्न भनिन् । घरमा योगेशले कुरा राखे पनि बिन्दाको घरबाट त्यो कुरालाई त्यति चासो नदिदाँ त्यो कुरा ६ महिना जति पेन्डिङमा रह्यो । अत्ति नै भइसकेपछि योगेशका साथीहरुले बिन्दाको दाइसगँ कुरा राखेपछि बिन्दाका दाइले उनलाई निर्णय गर्न भने । तर, बिन्दाले अन्तिम निर्णय परिवारले नै गर्ने जवाफ दिइन् । दुइदुइ पटक प्रस्ताव आउँदा पनि आफूले सहजै स्वीकार नगरेपछि योगेशका साथीहरुले बिन्दालाई योगेशको बयान सुनाउने गर्थे र त्यति राम्रो मान्छेलाई किन स्वीकार नगरेको भनेर प्रश्न गर्ने गर्दथे । बिन्दालाई भने योगेश मन परिसके पनि घरबाटै स्वीकृति पाउनुपर्छ भन्ने थियो । योगेशको लागि मनमा लड्डु फुटे पनि परिवारको स्वीकृतिलाई कुरिरहेकी थिइन् बिन्दा । अन्त्यमा परिवारले स्वीकार गरेपछि उनीहरुको विवाह भयो । परिवारबाट स्वीकृति पाएपछि भने दुइजनाको फोनमा कुराकानी बढेको थियो ।

 त्योबेलामा उनीहरुको अहिलेका केटाकेटीको जस्तो डेटिङ भएन । भेट्न जाँदा पनि दुबैले आफ्ना साथी लिएर जाने गर्दथे । बेलाबेलामा खुसुखुसु सिनेमा हेर्न जाने गर्दा यी दुईको प्रेम अझ बढि रोमाञ्चीत भएको छ । बिन्दाका अनुसार योगेश राजनीतिक कथावस्तु भएका, चर्चा कमाएका सिनेमाहरु मन पराउँछन् । कहिलेकाही योगेशले बिन्दासगँ पैसा सापटि माग्ने गर्छन तर त्यो पैसा कहिल्यै फिर्ता आउँदैन । योगेशको आमदामी छैन भन्ने कुरालाई बुझेर जिस्किएरै भएपनि बिन्दा त्यो पैसा माग्ने गर्दिनन् किनभने पैसा फिर्ता दिनुुस् भन्दा योगेशको चित्त दुख्ने कुरामा बिन्दा विश्वस्त छिन् ।

पति योगेशभन्दा आफू नै बढि रिसाउने बताउँछिन् पत्नी बिन्दा । योगेश आफूलाई चित्त नबुझेको कुरामा रिसाउने पत्नी बिन्दाको खुलासा छ । रिसाउँदा फकाउन नजान्ने केटा र दुई छाक पकाउन नजान्ने केटीसगँ कहिल्यै विवाह नगर्नु भन्छन् । त्यस्तै छ यी दुइको जोडि पनि । योगेश आफू रिसाएका बेलामा बोल्दै बोल्दैनन् र बिन्दा रिसा पनि फकाउँदैनन् ।

फकाउन भने बिन्दा नै अघि सर्नुपर्ने बिन्दा बताउँछिन् । योगेश एकपटक साथीहरु सगँ नगरकोेट गएछन् । बिन्दाले रातिमात्र थाहा पाइन् । आफूलाई नभनि गएकोमा निकै रिस उठेपछि दास्रो दिन योगेश घर आएपछि पनि उनी बोलिनन् । त्यसपछि योगेशको विदेश जाने कार्यक्रम पर्यो । जादाँ पनि उनी एक शब्द बोलेनन् र बिन्दा पनि के कम ?उनी पनि नबोलेपछि विदेशबाट फर्किएपछि मात्र दुईको बोलचाल भएको बिन्दाले खुलस्त पारिन् । राजनीतिका कार्यकर्ता घरमा आइरहने भएको गर्दा पनि खुलेर रिसाउन भने नपाइने बताउँछिन् पत्नी बिन्दा । विवाह गरेको यत्तिका वर्ष भएपनि योगेशले बिन्दालाई रिसको बेलामा हात भने हालेका छैनन् । योगेशले बिन्दालाई सधैँ तपाई नै भनेर बोलाउँछन् । मायाले भने उनीहरु एकअर्कालाई ‘हेलो’ भनेर बोलाउने गर्दछन् । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र उनकी श्रीमती बिन्दा घिमिरेको नयाँ पत्रिकाबाट साभार गरिएको प्रेम–कथामा आधारित ।

Binda Ghimire Yogesh Bhattari

विशेष