मनोरञ्जन

यसकारणले पागल हुन प्रधानमन्त्री

यसकारणले पागल हुन प्रधानमन्त्री
साउन - १ । सरकार परिवर्तनको हल्लासगैं यतीबेला सामाजिक सञ्जालमा यसको ट्रेन्ड नै चलेको छ । कोही केपी ओलीको पक्षमा आवाज उठाईरहेका छन भने कोही बिपक्षमा दबाब दिदै छन । पछिल्लो समय सामाजिक सञ्जाल शेरबहादुर, प्रचण्ड र के पीमय बनेको छ । अहिले बिभिन्न युवा संगठनले सपोट पी.एम के.पी ओली नामको फेसबुक पेज नै खोलेका छन । जहाँ बिभिन्न किसिमका भनाईहरु राखिएको छ । सपोट पी.एम के.पी ओली नामको फेसबुक पेजमा प्रधानमन्त्री यसकारण पागल हुन् भन्दै बडो गज्जबको कारण भेटियो । यस्तो छ कारणहरु – यसकारणले पागल हुन प्रधानमन्त्री  रुघाँखोकी र जोरो निको पार्न रातभर ढ्याङ्रो ठटाएर धाँमी झाँक्री बोलाएर उफ्रने जनता भएको देशमा नक्कली डाक्टर समाएर जनतालाई सक्कली डाक्टरको मा पठाउने प्रधानमन्त्री पागल नै हुन । जनता ठग्ने ब्यापारीको अनुगमनमा जाँदा खबरै नगरी चेक जाँच गर्न आयो भनेर मन्त्रीलाई लखेट्ने देशका नागरिकलाई बिकास र प्रगतिको कुरा गर्ने प्रधानमन्त्री साच्चिकै पागल नै हुन । महिनाको नाकाबन्दी खेपेर देशको स्वाभिमान के हो भनेर , हामी जस्ता अर्काको गुलामी बन्नुमै बेस ठान्ने जनतालाई बुझाउन खोज्नु नै प्रधानमन्त्रीको पागलपन हो । उनले यहाँ भातको हैन जातको कुरा गर्नु पर्थ्यो । स्वाभिमानको हैन गुलामीपनको कुरा गर्नुपथ्र्यो अनि यहाँ बिकासको हैन बिनासको कुरा गर्नु पर्थ्यो । उनी यसकारण ले पनि पागल हुन कि उनी हामी जस्ता जनताको प्रधानमन्त्री बन्न पुगे । उनी पागल भयकै कारणले उनलाई हेक्का भएन कि यो सतिले सरापेको देशमा बिकासका स्वाभिमानका र आत्मनिर्भरताका कुरा गर्नु हुन्थेन भनेर । आसा गरौ अब बन्ने प्रधानमन्त्री शेरबहादुर देउवा वा प्रचण्ड यसरी बिकास प्रगति र स्वाभिमानका कुरा गर्ने छैनन। फास्ट्रयाक जस्ता देशका गौरव बोकेका योजना पुनः भारतलाई नै सुम्पने छन् र नेपालमा लगानी गर्न इच्छुक चीन लगायत अन्य देशका ब्यापारीहरुलाई पुनः उनिहरुकै देश फर्काउने छन ताकि उनिहरुको कुर्सी लामो समय सम्म टिकोस । शुभकामना । kp oli

KP Oli PM Kp oli

विशेष