स्वास्थ्य

मधुमेहले यस्तो असर पार्न सक्छ आँखामा

मधुमेहले यस्तो असर पार्न सक्छ आँखामा
eyes2 दीर्घकालीन रोग मधुमेहले मुटु, मृगौला, मस्तिष्क, स्नायु बाहेक आँखालाई पनि असर गर्दछ । यी मध्ये आँखा मात्र एउटा यस्तो अंग हो जसमा प्वाल (नानी्प्युपील) हुन्छ, जसबाट चिहाएर आँखाका भित्री भागमा असर भए नभएको हेर्न सकिन्छ । तसर्थ नियमित आँखा जाँचले समग्र रुपमा मधुमेहको असर हेर्न सकिन्छ । यसबाट हुन सक्ने नकारात्मक असरबाट समयमै बच्न सकिन्छ । कसरी मधुमेहले आँखामा असर गर्छ ? मधुमेहका विरामीहरुमा अरुको तुलनामा कम उमेरमै मोतिबिन्दु देखा पर्दछ र यो चाँडै बढ्ने पनि गर्दछ । साथै मधुमेहका विरामीहरुमा जलविन्दु पनि दुई गुणा बढी पाइन्छ । तर यसमध्ये सबैभन्दा भयानक असर भने यो आँखाको पर्दा (रेटिना) मा पर्ने असर हो जसलाई “डायबेटिक रेटिनोप्याथी” भनिन्छ । जम्ने, रगतको नलीबाट बिस्तारै बिस्तारै चिल्लो पदार्थ निस्किन थाल्छ । यसरी जम्दै जादाँ दृष्ट्रिमा कमी आउन थाल्छ । अर्को असर भनेको मधुमेहले पर्दामा भएका साना नली बन्द गरिदिन्छ जसले गर्दा रक्तप्रवाह अचानक बन्द भई आँखाका कोषहरु मरेर जान्छन् । यसबाहेक पर्दाका नसा फुटेर रक्तश्राव भई रगत जम्न सक्छ । यसका लक्षणहरु के हुन् ? दृष्टि कम हुनु । दृष्टिमा एक रुपता नआउनु । आँखा अगाडी केही उडेको वा छेकेको जस्तो देख्नु । बत्तीको झिल्का आएझैँ हुनु । कुनै पनि वस्तुलाई हेर्दा दुइवटा देखिनु । यसको उपचार के हो ? शरीरमा चिनी, रक्तचाप र कोलेस्टेरोललाई ठीक मात्रामा राख्नु सबभन्दा महत्वपूर्ण कदम हो । यदि पर्दामा भएको असर थोरै छ भने नियमित आँखा जाँच गराए पुग्छ नभए लेजरबाट सेकेर दृष्टि अझ बिग्रनबाट बचाउन सकिन्छ । यदि आँखाभित्र रगत जमेको छ भने अप्रेशन गर्नुपर्छ । तर यदि मधुमेहको असर धेरै छ भने दृष्ट्रि बचाउन गाह्रो हुन्छ। तसर्थ रोग लाग्नुभन्दा पहिले नै यसबाट जोगिनु राम्रो हुन्छ । यसबाट बच्ने उपाय के हुन् ? नियमित आँखा जाँचले दृष्ट्रि गुम्नबाट बचाउन सक्छ । आँखा विशेषज्ञ डाक्टरकोमा गई कम्तीमा ६ महिनामा एक पटक आँखाको नानी फुलाई सम्पूर्ण आँखा जाँच गराएमा यसको जोखिमबाट बच्न सकिन्छ । यसरी नानी फुलाएर हेर्दा विरामीलाई ४–६ घण्टासम्म अलि धमिलो देख्ने र उज्यालो घामतर्फ हेर्दा सामान्य अप्ठ्यारो हुने भएकोले एक जना साथी लिएर आँखा जाँच्न आउनुपर्छ । साथै मधुमेहका रोगीहरुले आफ्नो रगतमा चिनीको मात्रा ठीक मात्रामा राख्नुपर्छ, जसका लागि डाक्टरको सल्लाह बमोजिम औषधिको सेवन गर्नुपर्छ । साथै समय समयमा फास्टिङ (पिपि) मात्र नभई विभिन्न ल्याब जाँच गराउनुपर्छ । प्रायः मधुमेहका विरामीहरुले आफ्नो शरीरको चिनीको मात्रा ठिक छ वा छैन भनी जाँच्न फास्टिङ/पीपी मात्र गराउँदछन्, तर HbA1C जाँचले पछिल्लो तीन महिनाको चिनीको कन्ट्रोल देखाउने हुँदा यो HbA1C भन्ने जाँच गराउन आवश्यक छ HbA1C को मात्रा ७ भन्दा कम राख्न सकेमा मधुमेहको आँखामा हुने असरबाट धेरै हदसम्म बच्न सकिन्छ । मधुमेहका तीन शत्रु मधुमेह विरामीका तीन शत्रु भनेका उच्च रक्तचाप, धुम्रपान र उच्च कोलेस्टेरोल हुन् । ब्लड प्रेशरलाई सधै १३०/८० भन्दा कम राख्न सकेमा बेश हुन्छ । र, मधुमेहका विरामीको कोलेस्टेरोल विभिन्न अंगका रक्तनलीमा गई टाँसिने किसिमको हुन्छ । यसलाई “आथ्रोजेनिक डिस्लिपिडेमिया” भनिन्छ । तसर्थ नियमित कोलेस्टेरोलका मात्रा १३० मि.ग्रा भन्दा कम राख्न आवश्यक छ । यसैगरि धुम्रपान गर्नेको कोलेस्टेरोल पनि फरक किसिमको हुन्छ । धुम्रपानले नराम्रो कोलेस्टेरोललाई रक्तनलीको भित्तामा टाँसिने प्रक्रिया बढाईदिन्छ । तसर्थ मधुमेहका विरामीले आफ्र्ना यी तीन शत्रुलाई परै राख्नुपर्छ । एजेन्सी

eye sugar

विशेष