स्वास्थ्य

कण्डमको विकल्पमा अर्को अस्थायी साधन

कण्डमको विकल्पमा अर्को अस्थायी साधन

vaccine पुरुषले प्रयोग गर्ने परिवार नियोजनको एक मात्र अस्थाई साधन कण्डमको विकल्पमा नयाँ साधनको उत्पादन गरिएको छ । सोधकर्ताहरुले तयार पारेको सुई पुरुषको परिवार नियोजनको नयाँ अस्थाई साधन हो । यो सुई लगाएपछि एक वर्षसम्म काम गर्ने सोधकर्ताहरुको भनाई छ । पुरुषलाई परिवार नियोजनका लागि प्रयोग गरिने अस्थायी साधन कण्डमको विकल्प थिएन ।

त्यसमा पनि कण्डम लगाई गरेको यौन सम्पर्कबाट विश्वभर एक वर्षमा १८ प्रतिशत महिला गर्भवती हुने गरेका छन् । सोधकर्ताहरुले गरेको अध्ययनका क्रममा सुई लगाएपछि एक वर्षसम्म परिवार नियोजनको काम हुने पत्ता लागेको हो । अमेरिकाको शिकागोस्थित इलीनोइस विश्वविद्यालयका प्रोफेसर डोनाल्ड वाल्लरका अनुसार, खरगोशमा गरिएको अनुसन्धानका क्रममा यो पुष्टि हुन्छ ।

उक्त सुई पुरुषका लागि परिवार नियोजनको भरपर्दो र महत्वपूर्ण साधन बन्न सक्छ । उक्त सुईको अमेरिकी एक गैरसरकारी संस्था पारसेमस फाउण्डेसनले विकास गरेको हो । उक्त सुईंको मानिसमा पनि चाँडै परीक्षण गरिने छ ।

Condom vaccine

विशेष