स्वास्थ्य

बच्चा जन्माउने उत्तम महिना कुन हो

बच्चा जन्माउने उत्तम महिना कुन हो
  bachho संसारका अधिकांश प्राणीले जीवनचक्र चलाउन वा वंशको परम्परा धान्न बच्चा जन्माउने गरेका छन् । प्रकृतिले नै उनीहरुको यौन जीवन र सन्तान उत्पादन प्रक्रियालाई नियन्त्रण गरिरहेको छ । तर, मानवमात्र यस्तो प्रााणी हो जसले अन्य कुराको जस्तै यौन जीवनलाई प्रकृतिको नियन्त्रणमा रहन दिएको छैन । पछिल्लो समय मानिसले सन्तान जन्माउने उत्तम समय कुन हो भन्ने बारेमा विभिन्न बहस हुन थालेका छन् । ति बहस अनुसार वैज्ञानिकहरुले सन्तान उत्पादनका लागि उपयुक्त समय कुन भनेर अनुसन्धान थालेका छन् । यही भएर वैज्ञानिकहरुको ध्यान पनि कहिले बच्चा जन्माउँदा उपर्युक्त हुन्छ भन्ने तर्फ केन्द्रित भएको छ । अनुसन्धानमा संलग्न वैज्ञानिकहरु भन्छन, ‘बच्चा गर्भाधारणको लागि सबैभन्दा उपर्युक्त समय डिसेम्बर र जनवरी महिना हो ।’ ५ करोड २० लाख गर्भवती महिलामा १२ वर्ष लामो समय लगाएर गरिएको अध्ययनमा धेरै दम्पत्तीले सन्तान जन्माउन यी दुई महिना रोजेको जनाएको छ । सकभर गर्मी महिनामा गर्भवती नबन्न पनि अनुसन्धनमा संलग्न इन्डियन युनिभर्सिटीका वैज्ञानिकहरुले सुझाव दिएका छन् । जनवरी र डिसेम्बरमा गर्भवती हुने महिला गर्भाअवस्थाको अन्तिम समयमा उच्च मात्रामा सूर्यको प्रकाश पाउने अध्ययन टोलीका प्रमुख डा पउल विनचेस्टरको भनाई छ । आमाले लिएको तापक्रममार्फत प्राप्त हुने भिटामिन डीले शिशुलाई स्वस्थ बनाउने उनीहरुको तर्क छ । जुन महिनामा गर्भाधारण स्वास्थ्यका लागि हानिकार हुने उनीहरुको दाबी छ । गर्मी मौसमा खेतीपातीमा प्रशस्त मात्रामा विषाधीको प्रयोग हुने र हावामार्फत त्यसको असर गर्भधारण गर्ने महिलामा पर्ने उनीहरुको तर्क छ । अध्ययन टोलीले डिसेम्बरमा गर्भाधारण गरी सेप्टेम्बरमा बच्चा जन्माउने अभिभावकको संख्या बढी भएको जनाएको छ । ‘रसायनको मौसमी प्रभाव र आईभीएफ गर्भधारणमा भिटामिन डीको प्रभावबारे पछिल्लो समयमा चासो बढेको छ ।’ अनुसन्धानमा संलग्न वैज्ञानिकहरु भन्छन् । अध्ययन टोलीले जुनमा गर्भाधारण नगर्न पनि सबै दम्पत्तीलाई सुझाब दिएको छ । ९

babyy pregencyy women

विशेष