खेल

मेसीसगं ५ वर्षे सम्झौता गर्दै बार्सिलोना

मेसीसगं ५ वर्षे सम्झौता गर्दै बार्सिलोना
messi स्पेनिस क्याटलान बार्सिलोनाले सुपरस्टार लियोनल मेस्सीसँग पाँच बर्षे मल्टि मिलियन सम्झौताको तयारी गरेको छ । यो सफल भएमा मेस्सी ३३ बर्षको उमेरसम्म नाउ क्याम्पमै रहनेछन् । पछिल्लो पटक स्पेनको एक अदालतले कर छलीको आरोपमा दोषी ठहर भएपछि मेस्सीले स्पेन नै छाड्ने चर्चा चल्दै आएको छ र, उनका पिताले चेल्सीका मालिक रोमन इब्राहिमोबीचसँग गोप्य भेट गरेपछि यो बहस झन गर्माएको छ । तर, स्पेनिस खेल पत्रिका मुण्डो डेपोर्टिभोका अनुसार सन् २०२१ सम्ममा यस क्याटलान क्लबले पुरस्कार सम्पत्तिबाट उल्लेख्य आम्दानी गर्ने सोच बनाएको छ र २९ बर्षीय मेस्सीसँग आगामी साता सम्झौता गर्न सक्नेछ । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सी अहिले पत्नी एन्टोनेल्ला रोकुज्जोसँग बिदा मनाइरहेका छन् । बार्सिलोनाले अहिलेसम्म सम्झौताको ड्राफ्ट त तयार गरिसकेको छैन तर, मेस्सी छुट्टीबाट फर्किएलगत्तै यसबारे वार्ता हुने भएको छ । मेस्सीको क्लबसँगको सम्झौता सन् २०१८ मा समाप्त हुँदैछ । पाँच बर्षे सम्झौतामा बार्सिलोनाले उनका लागि २५० मिलियन युरो खर्च गरेको छ । यद्यपी यसको स्वतन्त्र पुष्टि क्लबले गरिसकेको छैन । र यो पनि जानकारीमा आइसकेको छैन कि मेस्सीलाई स्पेनमै राख्न बार्सिलोनाले कति पारिश्रमिकको प्रस्ताव गर्नेछ । मेस्सीको अहिलेको साप्ताहिक आम्दानी ३ लाख ३६ हजार पाउण्ड छ । कोपाको फाइनलमा चिलीबिरुद्ध पेनाल्टी मिस गरेपछि विक्षिप्त बनेका मेस्सीले लगत्तै अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल नखेल्ने घोषणा गरेका थिए । यो समर मेस्सीका लागि कठोर रहृयो । यही महिनाको सुरुवातमा उनले स्पेनिस अदालतबाट कर छलीको आरोपमा २१ महिनाको जेल सजाय ब्यहोर्नुपर्‍यो । यद्यपि उनी जेल बस्नु पर्दैन । मेस्सी र उनका पिता जर्ज मेस्सीलाई सन् २००७ देखि २००९ सम्म ३।७ लिलियन पाउण्ड कर छलेको आरोपमा अदालतले दोषि ठहर्‍याएको थियो । कोपा अमेरिकामा अप्रत्यासित पराजय र सन्यासको निर्णयले समर्थकमा निराशा रहेपनि गत सिजन मेस्सीको सफलमध्येको एक सिजन थियो । उनले क्लब र देशका लागि यो सिजन ४७ गोल गरेका छन् । गत जनवरीमा भएको फिफा बेलोन डि’ओर उनले पाँचौंपटक जितेका थिए । एजेन्सी

chealce football messi barcelona Spain

विशेष