इतिहासमा आज

रंगभेद विरुद्धको आन्दोलनका अभियन्ता नेल्सन मण्डेला

रंगभेद विरुद्धको आन्दोलनका अभियन्ता नेल्सन मण्डेला

Nelson_Mandela-2008_(edit) दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेला जन्म सन १९१८ मा दक्षिण अफ्रिकामा भएको थियो । मण्डेलाले रंगभेदविरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए । जसका लागि उनलाई २७ वर्षसम्म जेल सजाय भएको थियो । १९५६ मा मण्डेलामाथि देशद्रोहको आरोप लागेको थियो भने १९६४ मा आजीवन कारावास सजाय भएको थियो । मण्डेला जेल गएपछि विश्वभरमा रंगभेदविरुद्धका आन्दोलनको एक प्रतिक भए ।

मण्डेला १९९० मा जेलबाट छुटेर सन् १९९३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । उनी सन् १९९४ मा देशको पहिलो अश्वेत राष्ट्रपति बनेका थिए । ५ वर्ष राष्ट्रपति बनेपछि पद छाडेका उनले सन् २००४ मा सार्वजनिक जीवनबाट अबकास लिएका थिए । उनको निधन ५ डिसेम्बर २०१३ मा भएको थियो ।

Nelson Mandela

विशेष