स्वतन्त्र बनेर भिडमा छिर्ने महेश बस्नेत कुनै बेला भेष बदलेर अन्तरवार्ता दिन्थे
(युवा संघ नेपालको एउटा पक्षले केपी ओलीलाई प्रधानमन्त्रीबाट च्युत गर्न नहुंने भन्दै स्वतन्त्रको नाममा जुलुश गर्यो । जाँदाजाँदै ओलीको लोकप्रियता देखाउंन रचिएको राजनीतिक नाटक अर्को पक्षले उदांगो पारिदियो । युवा संघमा महेश बस्नेतको उदयसँगै राजनीतिक नाटक धेरैपटक मञ्चन भएका छन् । उनले नक्कली दाजुलाई आन्दोलनको संयोजक बनाएको र सोही व्यक्तिको नाममा आफुले अन्तरवार्ता दिएको प्रसंग आफ्नो आत्मवृत्तान्तमा लेखेका छन् । स्वतन्त्रका नाममा आन्दोलन भइरहेको सन्दर्भ र सो आन्दोलनमा बस्नेतको समन्वयकारी भुमिका रहेको प्रसंगमा उनको आत्मस्विकारोक्ति पठनीय छ ।)
मैले रामहरि श्रेष्ठ परिवारसँग पनि सल्लाह गरेँ । आन्दोलनको कमिटिमा बस्न श्रेष्ठ परिवारका सदस्यलाई आग्रह गरे । तर उनिहरुले अप्ठ्यारो माने । उपत्यकामा भएका अधिकांश फास्टफूड रेस्टु्राँ श्रेष्ठ परिवारले नै सञ्चालन गरिरहेको थियो । आन्दोलनमा एकोहोरिए व्यावसायमा समस्या आउने सम्भावनाका कारण शायद उनिहरु हच्केका थिए । फेरी उनिहरुलाई आन्दोलनको महत्वबारे त्यति ज्ञान पनि थिएन ।
रामहरिको पक्षमा गर्न लागेको आन्दोलनको संयोजक बन्न श्रेष्ठ परिवारका कोही राजी नभएपछि आन्दोलन शुरु नहुदै तुहिने हो कि भन्ने डर भयो । साथीहरुबिच सल्लाह भयो । निष्कर्ष निस्कियो ज्ञानकुमार श्रेष्ठलाई आन्दोलनको संयोजक बनाउने । बाहिर उहाँलाई रामहरि श्रेष्ठको दाई भन्ने । युवा सङघका कन्द्रीय सदस्य ज्ञानकुमार जस्लाई रामहरिको दाई भनेर आन्दोलनको नतृत्व दिएमा त्यसको विश्वसनियता बढ्ने र मानवीय संवेदनालाई पनि तत्कालै छुन सकिने थियो । खासमा उँहा र रामहरि श्रेष्ठको परिवार बिच कुनै साइनो थिएन, दुबै रामेछापकै हुनुबाहेक । रामेछापबाट यो यथार्थ लिक हुने हो कि भन्नेमा हामीले बडो होसियारी पुर्यायौँ ।
हाम्रो योजना सफल हुँदै गयो । आन्दोलन झन्झन् चर्किदै गयो । ज्ञानकुमारजीले प्रशंसनिय भूमिका निर्वाह गर्दै जानुभयो । रामहरिकै सहोदार दाइ भन्न थालियो । ज्ञानकुमारजीलाई आनदोलनको नतृत्व गर्न छानेपछि अर्को चुनौति थपियो । आन्दोलनमा कसरी धेरै भन्दा धेरै मानिस उतार्ने ? युवा सङघका सबै साथीसँग हामीले सल्लाह माग्यौ । अध्यक्ष अजम्बर राई इन्चार्ज गोकर्ण विष्ट र महासचिव इन्द्रलाल सापककोटाले चै आन्दोलन सम्भवै नहुने बताउनु भयो । आन्दोलन अगाडि बढाउनु भनेको वाइसिएलसँग सिघाैरी खेल्नु हो भन्ने उहाँहरुको बुझाई थियो ।
पार्टीका शिर्ष नेताहरुसँग पनि हामीले यसबारे छलफल गर्यौ । उहाँहरुमध्ये धेरैजसो कन्भीन्सड हुनु भएन । माओवादीविरुद्व आन्दोलन गर्नु भनेको आफुलाई झन् क्षति पुर्याउनु हो भन्ने उहाँहरुको बुझाइ थियो । तर मेरा र मेरा कोही साथीको विश्वास राै जति पनि डगमगाएन । मरी आमा अचेल पनि बेलाबेला मेरो जिद्विपनलाई विषय बनाएर हाँस्ने गर्नुहुन्छ । उहाँ म सानो छँदाका कुराहरु सम्झिनुहुन्छ । मामाघर जाने भनेपछि त्यहि दिन जानुपर्ने स्कूल जान मन नलागेको दिन केहि गरे पनि नजाने यस्ता कैयौ थिए मेरा उदाहरण । त्यहि कुरा रामहरि आन्दोलनमा लागू भएको थियो । मैले रामहरिको हत्या विरुद्वको आन्दोलनलाई आफ्नो पहिलो काम ठानेको थिएँ । दिनरात त्यहिआन्दोलनको रणनीति बनाउन खर्चिनु मेरो एक मात्र थियो । यही क्रममा कैयौ रात म रामहरिको घरमा बसे । त्यहा प्रत्येक मिनेट म आन्दालनकै विषयमा कुरा गर्थे ।
आन्दालनले केही दिनमै चर्चा पाउन थाल्यो । त्यो क्षेत्रका युवाहरु हाम्रो सम्पर्कमा आउन थाले । उनीहरु मलाइ बधाई दिनथाले । र हौसला पनि । त्यो भन्दापनि ठुलो कुरा उनिहरुको विश्वास थियो । उनीहरु पनि हामीलाई, साथ दिनथाले त्यसपछि हामीले नयाँ साथिहरुलाई पनि आन्दोलन कमिटिमा समावेश गर्यौ । रमिलाजी र ज्ञानजकुमारजीलाई उहाँहरुको भूमिकाबारे सिकाउन थाल्यौ । म चाँहि भित्रभित्रै यसमा खटिइको थिए । मैले यो आन्दोलको अगुवाइ गरीरहेको छु भन्ने यथार्थ आम जनतालाई थाहा थिएन । यसले मेरो दैनिक गतिविधिलाई सहज बनाइदियो ।
यो रणनीतिकाकारण हाम्रो आन्दोलन भुल्न सहज बन्दै गयो । आन्दोलनले एउटास्वरुप पाउन थालेपछि रामहरि श्रेष्ठको परिवारले पनि हामीलाई पूर्णरुपमा सहयोग गर्न थाल्यो । श्रेष्ठ परिवारले माओवादी धम्कीलाई वेवास्ता गर्न थाल्यो । ज्ञानकुमाजीले आन्दोलनको नेतृत्वका लागि आवश्यक भूमिका बढाउँदै र निखार्दै लैजानुभयो र रमिलाजीले पनि आफ्ना कुरा राख्न थाल्नुभयो । दिनभर कतिबेला, कोसँग के बोल्ने भन्ने हामी उहाँलाई बिहानै सिकाउँथ्याै ।
रामहरि र रमिलाजीका छोराछारीलाई पनि हामीले धेरै कुरा सिकायौँ । छोरा रोमन सानै भए पनि चलाख थियो । सिकाएका कुरा टपक्क टिप्थ्यो । अनि हामीले आयोजना गरेका सभाहरुमा भन्ने गथ्र्यौ । प्रचण्ड अंकल मेरा बाबालाई मारेर पैसाले क्षतिपूर्ति दिन्छु भन्नुभयो । म पनि हजुरलाई मारेर हजुरको छोरालाई अङ्कलहरुसँग मागेर पैसा दिन्छु नि, हुन्छ ?
रेडियाले एकै पटक फोन गर्न थाले । त्यस्तो हुँदा अन्र्तवार्तामा मैले र दामोदर अर्यालले बोल्ने गर्यौ, ज्ञानकुमारजी भएर । ज्ञानकुमारजी र म दुवैले एकसाथ दुईवटा रेडियोमा एउटै मानिस भएर अन्र्तवार्ता दियौँ । त्यति बेला आम जनताले मलाई चिनेका थिएनन् । पार्टीका काममा धेरै नदेखिएकाले मेरो अनुहार कसैले हेक्का राखेका थिएनन् । त्यसको फाइदा हामीले त्यतिबेला उठायौ ।
हो हामीले त्यस्ता विषयमा जे गरेका थियौँ ति कुरा कुनै पनि अर्थमा पाच्य थिएनन् । तर त्यो समयको माग थियो । हामीले यस्तो आइडिया नलगाएको भए शायद वाइसिएल क्याम्हरु अरु दर्जनौँ ठाँउमा स्थापित हुने थिए । अरु विभिन्न ठाउँमा माओवादीले झन् धेरै धम्की दिने थियो ।
(महेश बस्नेत उद्योग मन्त्री हुंदा प्रकाशित म महेशबाट यो सन्दर्भ लिइएको हो । )
Mahesh Mahesh Basnet