मनोरञ्जन

कलाकारलाई उपहार दालमोठ चिउरा

कलाकारलाई उपहार दालमोठ चिउरा
  Jitu_Nepal ‘जिरे खुर्सानी’ टेलिचलचित्रका कलाकार जितु नेपाल एउटा कार्यक्रमका लागी झापा गएका थिए । झापामा एक संस्थाले कार्यक्रमका लागि आमन्त्रण गरेको थियो । जितुको प्रस्तुतिले झापाबासी निकै रमाएका थिए । कार्यक्रमका दौडानमा दर्शकले भोकलागोलाई सम्झे र सोधीहाले ‘भोक लाग्यो खै त ?’ काम विशेषले आउन नभ्याएको जानकारी जितुले दिए । कार्यक्रमको अन्तिममा दर्शकले आफ्नो तर्फबाट भोकलागोका लागि भन्दै एउटा पोको जितुलाई दिँदै भने ‘हाम्रो तर्फबाट सानो उपहार भोक लाग्योलाई दिनु होला ।’ राम्रोसँग कागजमा ¥यापिङ गरेको चिटिक्क पारेर दिएको पोको थियो । एयरपोर्टमा पुगेर जितुले देविराम अर्थात भोक लाग्योलाई फोन गरेर एअरपोर्टमा बोलाए । हस्याङफस्याङ गर्दै देबिराम एअरपोर्ट पुगे ओ हो ! के उपहार होला भन्ने कौतुहलता लिँदै उनले एअरपोर्टमै जितुकै अगाडि दर्शकले दिएको उपहारको पोको खोलेर हेर्दा दालमोठ र चिउरा रहेछ ।

jitu nepal mundre vok lagyo jire kursanii

विशेष