देश

पुननिर्माण अनुदान रकममा भारत भन्दा चिन अगाडी

पुननिर्माण अनुदान रकममा भारत भन्दा चिन अगाडी
  bhukampa भूकम्पपछिको पुननिर्माण नेपाललाई आर्थिक सहयोगको घोषणा गरेका दातामध्ये हालसम्म सबैभन्दा बढी चीनले ५० अर्ब रुपैयाँ अनुदान सम्झौता गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका दातामध्ये विश्व बैंकले ३० अर्ब रुपैयाँ उपलब्ध गराइसकेको छ । भारतसँग २५ अर्ब रुपैयाँको अनुदान सहयोग सम्झौता भइसकेको र ७५ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । नेपालमा बिनाशकारी भूकम्पलगत्तै राहत र उद्धारमा चीनभन्दा अगाडि देखिन चाहेको भारत अनुदानमा भने चीनभन्दा पछाडि छ । त्यस्तै जापानसँग २६ अर्ब रुपैया ऋण तथा अनुदान सम्झौता सम्पन्न भइसकेको छ । पुनर्निर्माणको काम सुरु भएसगँै दाताहरुले सम्झौता गरिरहेका छन् । दाताले सम्झौता बमोजिम काम नगरेको भन्ने कुरा बाहिर आए पनि त्यो निराधार भएको जानकारी प्राधिकरणका कर्मचारीले दिएका छन् । गत वर्ष भएको दाताहरुको अन्तराष्ट्रिय सम्मेलनमा करीब ६ खर्ब बराबर अनुदान सहयोग गर्ने घोषणा भएको थियो । पुननिर्माण प्राधिकरण गठन भएर काम अघि बढेपछि दाताहरुले कबोल गरे अनुरुप उनीहरुसँग अनुदान तथा ऋण सम्झौताको क्रम अघि बढेको हो । युरोपेली युनियनसँग हालसम्म १२ अर्बको सम्झौता भइसकेको र बेलायतसँग करीब ८ अर्बको अनुदान सम्झौता सम्पन्न हुने प्रक्रियामा रहेको प्राधिकरण स्रोतले जनाएको छ ।

China India rakam punarmina

विशेष