मनोरञ्जन

करिनाले भनिन् गर्भवति भएकि हुं मरेकी हैन

करिनाले भनिन् गर्भवति भएकि हुं मरेकी हैन

Karina kapoor साउन ४ । केही दिनयता बलिउडमा अभिनेत्री करिना कपुर गर्भवती भएको मिडियामा चर्चामा छ । उनले लन्डमा ‘बेबी टेस्ट(लिंग परीक्षण) गराएको समाचार आएपछि यो चर्चा झन् चुलिएको हो । मिडियाले यसलाई प्राथमिकता दिएपछि करिना रिसाएकी छिन् । आइतवार एक अन्तरवार्तामा करिनाले मिडियाप्रतिको आफ्नो रिस कडा शब्दमा पोखिन् ।

अन्तरवार्तामा करिनाको गुनासो थियो । मिडियाले गर्भवती भएको खबरलाई अत्यन्त नकारात्मक रुपमा प्रस्तुत गरिरहेका छन् । उनले अन्तरवार्तामा भनिन, ‘म गर्भवती भएकी हुं, मरेकी होइन । बच्चा जन्माउनु यो पृथ्वीको सामान्य नियम हो, यसलाई ठूलो मुद्दा बनाउनु आवश्यकता नै छैन । म गर्भवती भएकाले मेरो काममा कुनै असर परेको छैन, तर मिडियाले यो मुद्दालाई अनावश्यक चर्चा गरेर मलाई समस्यामा पारेका छन् ।’ त्यसो त गर्भवती भए पनि करिना फिल्म ‘विरा दी शादी’को सुटिङमा व्यस्त छिन् ।

Karina Kapoor

विशेष