मेहन्दीमय भयो साउनको महिना
साउन – ४ । साउन महिनालाई त मेहन्दीकै मौसम भने पनि फरक पर्दैन । पहिले पारम्परिक हिसाबमा मेहन्दी लगाइन्थ्यो भने अहिले यसले फेसनको रूप लिदैँ गएको छ । विवाहमा पनि यसलाई अत्यावश्यक शृंगारका रूपमा लिइन्छ ।
आजभोली विवाहमा महिलाहरू हातखुट्टा तथा पाखुरासम्म मेहन्दीलाई प्राथमिकता दिन्छन् । यसको डिजाइनमा पनि विवाहको महत्वबारे झल्काइन्छ तर साउनमा भने हात र खुट्टामा बढी मेहन्दी लगाइन्छ । यसमा धेरैले प्राकृतिक भन्दा पनि कृतिम डिजाइन मन पराउँछन् ।
अहिले मेहन्दी लगाउने क्रमले निकै व्यापकता पाएको छ । यसलाई शुभको प्रतीक मानिन्छ । त्यसैले विभिन्न शुभ समयमा मेहन्दी लगाउने चलन बढेको हो । झनै बढी साउन महिनामा रुचिअनुसार मेहन्दीको डिजाइन बनाईन्छ ।
मेहन्दी हात रंगाउन मात्र होइन औषधीय गुणका दृष्टिले बहुउपयोगी रहेको विज्ञहरु बताउछन् । तर सानो उमेरका मानिसले भने प्रयोग नगर्न सल्लाह दिन्छन् । यसलाई टाउको दुख्दा वा कतै घाउ हुँदा पनि प्रयोग गर्न सकिन्छ ।
Mehendi