डुबेर बाबु छोराको मृत्यु

साउन - ४ । कपिलवस्तुको भृकुटी नगरपालिका स्थित गुडरुगंखोलामा डुब्दा एकै परिवारका बाबु छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा भुकृटी नगरपालीका ८ का ५९ बर्षिय ताराबहादुर खड्का र उनका ३२ बर्षिय छोरा दुश्मान खड्का रहेको प्रहरीले जनाएको छ ।
घरायसी झगडा पछि छोरा दुश्मान खोलामा पसेपछि उनलाइ बचाउन खोलामा गएका बावु तारा बहादुर पनि वेपत्ता भएका थिए । बेपत्ता दुबैलाई खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय गोरुसिंगेको टोलीले बाबु छोराको लास खोलामै फेला पारेकोे इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
Kapilbastu
