
साउन - ४ । मलेसियामा अवैधरुपमा काम गरेको आरोपमा जेल सजाय काटेर घरफिर्ती केन्द्रमा रहेका १६ नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ ।
मलेसियास्थित नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उनीलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर गत बिहीबार र अाज मंगलबार गरी दुई चरणमा नेपाल पठाइएको हो । दूतावासले हालसम्म सरकारी तथा गैरसरकारी सङ्घसङ्स्थाको सहयोगमा ६१२ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी नेपाल पठाइसकेको जनाएको छ ।
थुनुवा केन्द्रमा रहेका अन्य नेपालीलाई समेत निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ ।
Malaysia
nepali kamdar