Technology

सामसुङ मोडेल जेटु नेपाली बजारमा

सामसुङ मोडेल जेटु नेपाली बजारमा

Samsung काठमाडौं साउन ५ । सामसुङ मोबाइलले नेपालमा सबैभन्दा बढी बिक्री हुने मोडेल जेटुलाई विशेष परिमार्जन गरी बजारमा ल्याएको छ । कम्पनीले बजारमै पहिलोपटक टर्बो स्पिड प्रविधि र स्मार्ट ग्लोसहित सामसुङ ग्यालेक्सी जेटु २०१६ सार्वजनिक गरेको हो ।

गति ४० प्रतिशत बढ्ने कम्पनीले आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट विभागमा विकास गरेको टर्बो स्पिड प्रविधिले दोब्बर ¥यामसहितका मोबाइलका तुलनामा समेत करिब ४० प्रतिशत कार्यसम्पादनको गति बढ्ने दाबी गरेको छ । नेपालका लागि सामसुङको आधिकारिक विक्रेता सामसुङ इलेक्ट्रोनिक्सका नायब महाप्रबन्धक प्रणयरत्न स्थापितले टर्बो स्पिड र स्मार्ट ग्लो प्रविधि विश्वमै पहिलोपटक सामसुङले प्रयोग गरेको बताए ।

सन् २०१५ मा सार्वजनिक गरिएका फोनको तुलनामा नयाँ फोनमा ३० प्रतिशत ठूलो २ हजार ६ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । यसमा ५ मेगा पिक्सेलको पछाडिको क्यामेरालाई ८ मेगा पिक्सेलको बनाइएको छ ।

Samsung je 2

विशेष