समाज

पत्रकार दुर्घटना बिमा वापतको २ लाख केसीलाई

पत्रकार दुर्घटना बिमा वापतको २ लाख केसीलाई
Press meetसाउन - ५ । नेपाल पत्रकार महासंघले सुरु गरेको पत्रकार दुर्घटना बिमा कार्यक्रम अन्तरगतको बिमा रकम रासस रुपन्देहीमा कार्यरत पत्रकार भरत केसीले प्राप्त गरे । जेठ १८ गते सडक दुर्घटनामा परी घाइते भएका केसीलाई दुर्घटना पश्चात औषधीउपचार वापत एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले रु दुई लाख भुक्तानी गरेको हो । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले मंगलबार बुटवलमा आयोजना गरेको एक कार्यक्रममा महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले सो रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महासंघका पूर्वकेन्द्रीय सदस्य हरि लम्साल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीलगायतको उपस्थिति थियो । महासंघले २०७२ मंसिरदेखि सुरु गरेको पत्रकार दुर्घटना कार्यक्रममा १५७१ जना पत्रकार सहभागी भएका छन् । यसअघि बिमा कार्यक्रममा सहभागी नभएका पत्रकारहरुको हकमा महासंघले फेरि अर्को चरणको कार्यक्रम छिट्टै सुरु गर्ने भएको छ ।

bima Patrakar Patrakar Bima

विशेष