मनोरञ्जन

रजनीकान्तकाे ‘कबाली’ प्रदर्शनका दिन सार्वजनिक बिदा

रजनीकान्तकाे ‘कबाली’ प्रदर्शनका दिन सार्वजनिक बिदा
kabali-poster-3साउन – ५ । चेन्नाई, दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनिकान्तलाई उनका समर्थकले भगवानभन्दा प्यारो मान्दछन् र उनको पूजा पनि गर्छन । जुन २२ बाट प्रर्दशनमा आउने उनको आगामी चलचित्र ‘कबाली’ को दर्शकले तीव्र प्रतिक्षा गरिरहेका छन् । यो चलचित्र हेर्नको लागि उनका समर्थक आतुर रहेका छन् । चलचित्र ‘कबाली’ प्रदर्शन हुने मिति २२ जुनमा चेन्नाई तथा बैग्लोरका अधिकांश कम्पनीहरुले सो दिन आफ्ना कर्मचारीहरुलाई बिदा दिने घोषणा गरेका छन् । भारतीय संचार माध्यमले जनाए अनुसार कर्मचारीहरु विभिन्न बहाना बनाई बिदामा बस्ने आशंका बढेका कारण उक्त दिन कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई बिदा दिन लागेका हुन्। कम्पनिहरुले आफ्ना कर्मचारीलाई दिपावाली बोनस दिए जस्तै कवाली बोनस दिएको बताएका छन् । कर्मचारी तथा तिनका परिवारलाई कम्पनीहरुले उक्त चलचित्रको टिकटसमेत निःशुल्क उपलब्ध गराएको भारतीए संचार माध्यमले जनाएका छन् ।

kabali Rajani Kant

विशेष