देश

राष्ट्रपति भण्डारीसँग सभामुख घर्तीको एक घण्टा लामाे कुराकानी 

राष्ट्रपति भण्डारीसँग सभामुख घर्तीको एक घण्टा लामाे कुराकानी 
साउन - ५ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच करिव एक घण्टा वढी भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा सभामुख घर्तीले संसद्को गतिविधिका बारेमा जानकारी गराएकी छन् । Speaker Subas Chandra Nembang (left) and Deputy Speaker Onsari Gharti submit their resignation to each-other, in Kathmandu, on Wednesday, October 14, 2015. Photo: RSS राष्ट्रपति निवास शीतल निवासमा बुधबार राष्ट्रपति भण्डारीलाई भेटेर संसद्को गतिविधिका बारेमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिबारे जानकारी गराएकी हुन् । नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस मिलेर २९ असारमा व्यस्थापिका–संसद्मा सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलहरुबीच अविश्वास वढेको छ । अविश्वासले गर्दा संसदको नियमित कामकारवाहीमा समेत असर पर्न थालेपछि घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् । राष्ट्रपति भण्डारी र सभामुख घर्तीका बीचमा करिब एक घन्टाभन्दा बढी भेटघाट भएको थियो । भेटपछि सञ्चारकर्मी्सित संक्षिप्त कुराकानी गर्दै सभामुख घर्तीले संसद्को गतिविधिका बारेमा आफूले राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिइन् । उक्त अवसरमा राष्ट्रपति भण्डारीले दलहरु बीच संविधान कार्यान्वयनका लागि एकता, सहमति आवश्यक रहेको बताएको सभामुख घर्तीले सञ्चारकर्मीलाई जानकारी दिइन् ।

Onsari Gharti

विशेष