खेल

तलब बिना अर्जेन्टिनाको प्रशिक्षक बन्न आतुर – म्यारोडोना

तलब बिना अर्जेन्टिनाको प्रशिक्षक बन्न आतुर – म्यारोडोना
Maradona साउन – ५ । अर्जेन्टिनाका पूर्वकप्तान डिएगो म्यारोडोनाले आफू पुनः प्रशिक्षकका रुपमा राष्ट्रिय टोलीमा फर्कन आफु आतुर रहेको बताएका छन् । म्यारोडोनाले यसका लागि बिना पारिश्रमिक काम गर्ने बताएका छन् । प्रशिक्षक गिराडो मार्टीनोले कोपा अमेरिकापछि पदबाट राजीनामा दिएपछि अर्जेन्टिना फुतबलटिम नयाँ प्रशिक्षकको पर्खाइमा छ । यसकालागि उसले डिएगो सिमोनलाई राष्ट्रिय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरेको थियो । तर उनले पारिश्रमिक सुविधामा चिक्त नबुझेको भन्दै उक्त प्रस्ताव अस्विकार गरेका थिए । म्यारोडोनाले यसअघि सन् २००८ देखि २०१० सम्म राष्ट्रिय टिम सम्हालेका थिए । सन् २०१० को विश्वकपको क्वाटरफाइनलमा जर्मनीसँग ४—० गोल अन्तरले पराजित भएपछि उनले पद बाट राजीनामा दिएका थिए ।

Mara-dona

विशेष